Logo

काभ्रेको भुम्लुमा बोलेरो दुर्घट्ना, सुनकोशीमा खसेर दुई जना बेपत्ता



काभ्रे, ७ जेठ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ मा आज दिउँसो बोलेरो गाडी दुर्घटनामा पर्दा गाडीमा सवार दुई जना सुनकोशी नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

दोलालघाटबाट सापिङतर्फ दाना र सिमेन्ट लिएर जाँदै गरेको बा १६ च ८८३८ नम्बरको बोलेरो गाडी अचानक पछाडिको दुई वटा टायर सडकबाट तल खसी कोल्टो पर्दा उक्त बोलेरोमा सवारमध्ये दुई जना सुनकोशी नदीमा खसी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । बेपत्ता हुनेमा भुम्लु गाउँपालिका–१ बस्ने वर्ष २६ को अशोक गिरी र सोही गाउँपालिका–४ बस्ने अन्दाजी वर्ष २८ को भोला महत रहेका छन् ।

प्रहरीका अनुसार सोही गाडीमा सवार सोही ठाउँ बस्ने वर्ष ३९ की सानुमाया गिरीको बायाँ हात भाँचिएकाले उहाँलाई उपचारको लागि बनेपास्थित शिर मेमोरियल अस्पताल पठाइएको छ । चालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्