Logo

कपिलवस्तुमा ५९ सङ्क्रमित रहेको पुष्टि



७ जेठ : जीतपुर– कपिलवस्तुमा मंगलबार र आज कोरोना संक्रमण पुष्टि भएका १६ जना नै वैशाखमा भारतबाट फर्किएका रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमित ५९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो ।

जिल्लाका स्थानीय तहमध्ये यशोधरा गाउँपालिकामा १२, कपिलवस्तु र महाराजगञ्ज नगरपालिकामा नौनौ, कृष्णनगर नगरपालिका र मायादेवी गाउँपालिकामा आठआठ, बुद्धभूमि नगरपालिका र विजयनगर गाउँपालिकामा चारचार, शिवराज नगरपालिकामा तीन तथा शुद्धोधन गाउँपालिका र र वाणगङ्गा नगरपालिकामा एकएक जना कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

जिल्लामा आज पुष्टि भएकामध्ये नौ महाराजगञ्ज र तीन जना विजयनगरका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिमा कपिलवस्तुमा १३ जनामा पुष्टि भनिए पनि जिल्लामा १२ जनामा मात्र फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिनुभयो । भगतका अनुसार सङ्क्रमित १२ मध्ये पाँच पुरुष र सात महिला छन् ।

महाराजगञ्ज ९ सिसवामा रहेको शिवभारी माविको क्वारेन्टिनमा आठ जना बसेका थिए भने बाँकी एक जना वडा नम्बर १ मा रहेको कन्या माविको क्वारेन्टिनमा बसेका हुन् । आठ जना एउटै गाउँ तेनुवाका छन् । संक्रमित नौ जना भारतबाट आएका थिए । तीमध्ये आमाछोरी संक्रमित छन् । वडा नम्बर ८ सिसवाका अढाइ वर्षीय बालक तथा चार र ६ वर्षीया बालिका, ३२ वर्षीया महिला दुई , २५ र १६ वर्षीया महिला तथा १२ वर्षीय बालक संक्रमित फेला परेका छन् ।

यस्तै वडा नम्बर १ का २० वर्षीय पुरुष संक्रमित भेटिएका छन् । यस्तै वडा नम्बर १ मा भेटिएका संक्रमित दुर्गा भवानी महिला विद्यालयको क्वारेन्टिनमा छन् । संक्रमित नौ जना भारतबाट आएका थिए ।उता विजयनगरमा नौ जनामा कोराना पुष्टि भएको छ । उनीहरु सबै ११ दिनअघि भारतबाट आएको गाउँपालिका अध्यक्ष गोपाल थापाले जानकारी दिनुभयो ।

तीनै जना संक्रमित १३ दिनबाट वडा नम्बर ६ को रामशरण आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेको थापाले बताउनुभयो । गाउँपालिकाले आइसोलेशन सेन्टर निर्माण गरेकाले तीनै जनालाई त्यसमा राखिएको उहाँको भनाइ छ । वडा नम्बर २ का सङ्क्रमित २२ वर्षीय र वडा नम्बर ७ का ३५ र ४८ वर्षीय पुरुष दाजुभाइ हुन् ।

जिल्लामा मंगलबार कोरोना पुष्टि भएका चार जना जिल्लाको दक्षिणी नेपाल भारत सीमावर्ती मायादेवी गाउँपालिका हुन् । उनीहरु वैशाखको तेस्रो साता भारतबाट फर्किएर गाउँमा आएपछि स्थानियको सहयोगमा प्रहरीले क्वारेनटाईनमा पु¥याएको थियो । चार जना नै भारतको मुम्बईबाट वैशाख तेस्रो साता चोर नाका हुँदै जिल्ला फर्केका थिए । उनीहरुलाई चार जना नै क्वारेन्टिनमा १४ दिन बसेपछि गत शनिबार आरडिटी गर्दासमेत पोजेटिभ देखिएको थियो ।रासस File photo



प्रतिक्रिया दिनुहोस्