Logo

शुल्क लिन दबाब दिने स्कुलमाथि छानविन शुरू



काठमाडौं, जेठ ८ । महानगरपालिका शिक्षा शाखाले काठमाडौं भ्याली, काव्य र ह्वाइट हाउस वल्र्डलगायतका स्कुललाई सोधपुछ गरेको छ ।

लकडाउनको समयमा मासिक शुल्क तिर्न अभिभावकलाई बारम्बार चेतावनी दिएपछि कामपा शिक्षा विभागले मंगलबार दिउँसो सोधपुछ गरेको हो ।

कामपा शिक्षा अधिकारी सीताराम कोइरालाले अनलाइन र अन्य कक्षा सञ्चालन गरेको बहानामा शुल्क उठाउन अभिभावकलाई दबाब दिएपछि सोधपुछ गरेको बताएका छन् । उनले भने– ‘सञ्चारमाध्यममा आएका समाचार र अभिभावकको गुनासो र उजुरीको आधारमा सोधपुछ गरेका हौं ।’

काठमाडौं भ्याली स्कुलले दुईपटकसम्म म्यासेज पठाएर अभिभावकलाई शुल्क तिर्न दबाब दिएको थियो । हिमालयन ह्वाइट हाउसले कक्षागतरूपमा अभिभावकसँग अनलाइन बैठक गरेर वार्षिक शुल्क मागेको थियो । यसअघि वेस्ट मन्टेश्वरीले अभिभावकलाई पत्र पठाएर शुल्क माग गर्दा कामपा शिक्षा विभागले स्पष्टीकरण लिएपछि रकम लिने निर्णय फिर्ता लिएको थियो ।

विभागमा दैनिकजसो उजुरी आउन थालेपछि विभागले विभिन्न माध्यमबाट अनुगमन शुरू गर्न थालेको जनाएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्