Logo

केपी ओलीको बोली बुझिन्छ, तर कर्म बुझिँदैन् : रामहरि खतिवडा (भिडिओसहित)



काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सभासद रामहरि खतिवडाले नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा प्रकाशनमा ल्याएको र सार्वजनिक गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । तर, खतिवडाले प्रधानमन्त्री ओलीलाई आफ्नो यही कार्यकालमा नेपालका अतिक्रमित भूमि फिर्ता गरेर देखाउनपनि आग्रह गरेका छन् ।

उनले भने-“हाम्रो जीवनकालमा यो काम भयो भने उहाँलाई म स्यालुट गर्न चाहन्छु । तर, उनले वर्तमान प्रधानमन्त्री ओलीको बोली असाध्यै राम्रोसँग बुझिने भएपनि उनको कर्म भने नबुझिने पनि टिप्पणी गरे ।” बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । तर, नेकपाका सांसद गणेश सिंह ठगुन्नाले प्रधानमन्त्री ओलीले ऐतिहासिक काम गरेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्