Logo

राजिव गान्धीको स्मृति दिवसको अवसरमा प्रधानमन्त्री मोदीद्वारा श्रद्धाञ्जलि अर्पण



८ जेठ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व प्रधानमन्त्री राजिव गान्धीलाई श्रद्धाञ्जलि दिएका छन् । आज राजिव गान्धीको स्मृति दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलेले गान्धीलाई आफ्नो ट्वीटर अकाउन्टमा श्रद्धाञ्जलि अर्पण गरेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनले ट्वीटरमा लेखेका छन् – आज स्वर्गीय राजिव गान्धीको स्मृति दिवसका अवसरमा म भारतका पूर्वप्रधानमन्त्री राजिव गान्धीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु । चालीस वर्षमा प्रधानमन्त्री बन्नुभएका राजिव गान्धी भारतका सबैभन्दा कम उमेरका प्रधानमन्त्री छन् ।

उनकी आमा तथा भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको सन् १९८४ मा भएको हत्यापछि राजिव गान्धी भारतको प्रधानमन्त्री हुनुभएको हो ।प्रधानमन्त्री राजिव गान्धीको पनि हत्या भएको थियो ।

सन् १९९१ मे २१ मा भारतमा आमनिर्वाचनको अभियानका क्रममा भारतको तमिलनाडु राज्यमा लिबरेसन टाइगर्स् अफ तमिल इलम (एलटिटिइ) ले आत्मघाती बम हमला गरी उहाँको हत्या गरेका थिए । एएनआई



प्रतिक्रिया दिनुहोस्