काठमाडौं, ८ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट अर्का एकजनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गुल्मीका ४१ वर्षीय शिक्षकको मृत्यु पुष्टि गरेका हुन् ।
देवकोटाले उपचारका क्रममा ४१ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरे । योसँगै देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको हो ।
रुपन्देहीस्थित अस्पतालको भेन्टिलेटरमा राखिएका मदानेका ती शिक्षकलाई मृगौलाको रोग समेत थियो । उनलाई टाइफाइड र कमलपित्तको रोग समेत भएको बुझिएको छ । आठ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएका उनी ४ वैशाखमा एक विवाह कार्यक्रममा सरिक भएको खुलेको छ ।
२८ वैशाखबाट रोगको लक्षण देखिएको थियो । तर, ३१ वैशाखमा अस्पताल पुगेका थिए । उनी फेरि क्रिमसन अस्पतालमा एम्बुलेन्समाफ्त लगिएका थिए ।
यसअघि दुई जनाको कोरनो भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । मृत्यु हुनेहरुमा सिन्धुपाल्चोक, बाँके र गुल्मीका बासिन्दा छन् ।