Logo

संक्रमितको शव उठेन



बुटवल, जेठ ९ । गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको छ। बुटवलको क्रिमसन अस्पतालमा उनको मृत्यु भए पनि शव व्यवस्थापन हुन सकेको छैन। मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै शव उठाउन मानेका छैनन्।

जेठ १ गते अस्पतालमा भर्ना गरिएका मृतकलाई भेन्टिलेटरमा उपचार गरिएको अस्पतालले जनाएको थियो। उपचारकै क्रममा बिहीबार बिहान सवा ७ बजे उनको मृत्यु भएको हो। आफन्तले कोरोना पोजेटिभ देखिएपछि डाक्टरहरूले उपचार नै नगरेको आरोप लगाएका छन्। अन्नपूर्ण पोष्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्