Logo

भारतीय समाचारप्रति गहन अध्ययन



काठमाडौँ, ९ जेठ । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि त्यसबारे विभिन्न भारतीय सञ्चार माध्यमले तथ्य बङ्ग्याएर समाचार सम्प्रेषण गरिरहेका छन् ।

भारतीय समाचार सामग्रीप्रति नेपालका वरिष्ठ पत्रकारले गहन अध्ययन गरिरहेका छन् । उनीहरूले भारतीय मिडिया सत्तारुढ दलको प्रवक्ता जस्तो भएको टिप्पणी गरेका छन् । वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले सत्तारुढ दल तथा सरकारको प्रवक्ता जस्तो भारतीय सञ्चार माध्यम देखिएको टिप्पणी गरेका छन् ।

बनिबनाउ एकोहोरो रूपमा तथ्यहीन समाचार सम्प्रेषण गरेर भ्रम छर्ने काम गरिरहेको बताउँदै उनले त्यहाँका वरिष्ठ पत्रकार भनाउँदाले पनि दुई देशबीचको सम्बन्धबारे तथ्य बङ्ग्याएर समाचार सम्प्रेषण गरिरहेको बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्