Logo

मनिषा कोइरालामाथि भारतीय नेताको टिप्पणी : उनलाई राजनीति र कुटनीतिबारे के थाहा छ ?



काठमाडौं, १० जेठ । भारतीय सत्तारुढ दल भाजपाका प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार डा. विजय जोलीले चर्चित बलिउड नायिका मनिषा कोइरालालाई राजनीति र कुटनीति थाहा नभएको टिप्पणी गरेका छन् । नेपाल भारत सिमा विवादको सम्बन्धमा मनिषाले ट्विट गरेको विषयमा भारतीय मिडिया खनिएका थिए । भारतीय मिडियाले मनिषामाथि खाओगी भारतकी और खाओगी चीनकी भनेर तुच्छ टिप्पणी गरेका थिए ।

यही सवालमा पत्रकार ऋषि धमलाले भाजपा नेता जो प्रधानमन्त्री नरेन्द्र मोदीसँगपनि निकट छन्, उनलाई यसबारेमा सोधेका थिए । धमलाले नेपाली चेली बलिउडकी चर्चित नायिका मनिषा कोइरालामाथि भारतीय मिडिया किन खनिएका छन् रु त्यसलाई कसरी रोक्नुहुन्छ रु भनेर जोलीलाई प्रश्न गरेका थिए ।

यही सवालमा उनले भनेका छन्-“मनिषा कोइरालालाई म नेपालमा जन्मिएकी नेपाली छोरी त मान्दछु तर मनिषा कोइराला आज मनिषा कोइराल यसकारण बनिन् किनकी उनी भारतमा आएर अभिनेत्री बनिन् । भारतकी छोरी बनिन् । बलिउडमा उनले नाम कमाईन् । पैसा कमाईन् । भारतको मात्रे छोरी बनिन्, उनले नेपालको पनि नाम रोशन गरिन् । उनलाई राजनीति के थाहा छ ? उनलाई कुटनीतिबारे के थाहा छ ?  उनले जे बोलिन्, नेपालको एक छोरी हुनुको नाताले बोलिन् । उनलाई के थाहा कि यसको पछाडि कत्रो राजनीति लुकेको छ भनेर रु यो राजनीति हिमालयको पारि पहाडबाट सुरु भयो । मनिषालाई यो कुरा के थाहा रु उनी केवल नेपालकी मात्रै छोरी होईनन, उनी मेरो भारतको पनि छोरी हुन् । हामी, म डा। विजय जोली उनलाई त्यति नै माया गर्छु जति नेपाल र नेपालीहरु, ऋषि धमलाले माया गर्छन् । म योभन्दा बढि केही पनि भन्न चाहन्न् । म उनीसँग रिसाएको छैन् । म त उनलाई आफ्नो बहिनी मान्दछु । म उनलाई मेरो छोरी मान्दछु ।’ File Photo



प्रतिक्रिया दिनुहोस्