काठमाडौं, १० जेठ । विश्वमै सबैभन्दा बढि प्रयोग हुने सर्च ईन्जिन गुगलले नेपालको नयाँ क्षेत्रफल देखाएको छ । नेपाल सरकारले आधिकारिक रुपमा नेपालको भू-भाग लिम्पियाधुरा, कालापनी र लिपुलेकसम्म भएको राजनीतिक तथा प्रशासनिक नक्शा सार्वजनिक गरेसँगै गुगलले नेपालको नयाँ क्षेत्रफल देखाउन थालेको हो ।
गुगलमा एरिया अफ नेपाल भनेर सर्च गर्दा १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर क्षेत्रफल देखाउँछ । नेपालले यही जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको थियो । नेपाल सरकारले भारतको उक्त कदमप्रति आपत्ति जनाउँदै कूटनीतिक नोटसमेत पठाएको थियो । गुगलले देखाएको उक्त क्षेत्रफल विकीपिडियाको हो ।