Logo

सनराइज बैंकद्धारा चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई पिपिई उपकरण सहयोग



काठमाडौं, १० जेठ । सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ सहयोग गरेको छ । बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ चितवन मेडिकल कलेजका सम्पर्क अधिकारी बिमल ज्ञवालीलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा सिमित स्रोत साधनका साथ अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि निभाएको भूमिका अतुलनीय रहेको बताएका थिए । यस सहयोगले अस्पतालका स्वास्थ्यकर्मीहरुको सुरक्षामा सहयोग पुग्ने बैंकको बिश्वास छ ।

त्यसैगरी जेष्ठ ०७, बुधबार बैंकले महाभारत गाउँपालिकालाई १० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ र १००० थान मास्क हस्तान्तरण गरेकोे थियो । उक्त सामाग्री बैंकका महाभारत शाखा अधिकृत राजकुमार थापाले गाउँपालिकाका मेयर हरि सिंह बिष्टलाई हस्तान्तरण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्