Logo

बन रक्षक नै भक्षक भएपछि…



काठमाडौ, जेठ ११ । डिभिजन वन अधिकृत सन्तमाया श्रेष्ठमाथि २ लाख भ्रष्ट्राचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत (दशौं तह) श्रेष्ठले काठ व्यापार गर्ने व्यापारीहरुसँग २ लाख ३ हजार ५ सय घुस रकम उठाई सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउदैं गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा भ्रष्ट्राचार गरेको पुष्टि भएको थियो ।

श्रेष्ठलाई कानुन बमोजिम जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्