Logo

संविधान संशोधनमा दलीय परामर्श गर्न आग्रह



काठमाडौँ, १२ जेठ । संविधान संशोधनको विधेयकको प्रक्रिया तथा बजेट छलफल छरितो बनाउनेबारे सभामुख अग्निप्रसाद सापकोटाले दलीय परामर्श गरेका छन् ।

आइतबार कार्य व्यवस्था परामर्श समितिमा सभामुख सापकोटाले दलका प्रमुख सचेतक तथा सचेतकसँग परामर्श गरेका छन् । बैठकले फेरिने निशान छाप अनुसार सङ्घीय संसद्का सदस्यको लोगो परिमार्जनको प्रबन्ध गर्न पनि निर्देशन दिएको छ ।

बैठकमा बजेट छलफल छोटो र छरितो बनाउने गरी दलभित्र भूमिका खेल्न प्रमुख सचेतकसँग सभामुखले आग्रह गरेका छन् । यस्तै संविधान संशोधनको प्रस्तावमा अघि बढ्न आवश्यक परे दलीय परामर्श गर्न पनि सुझाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले संविधान संशोधन प्रक्रियागत कुरा भयो ।

यसमा के कसरी अघि बढ्ने राजनीतिक विषय पनि हुन्छ । यदि त्यस्तो भएमा थप छलफल गर्न दल बीचमा आग्रह भएको छ । बजेट छलफल छरितो र छोटो बनाएर अघि बढ्ने पनि छलफल भयो । हामीले सुझाव दिएका छौँ । बाँकी व्यवस्थापन सचिवालयबाट हुनेछ भनेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्