Logo

अष्ट्रेलियास्थित भारतीय दूतावासद्वारा नेपाली नागरिकको उद्वार



एजेन्सी, १२ जेठ । अष्ट्रेलियास्थित भारतीय राजदूतावासले तीन नेपाली नागरिको उद्वार गरेको छ । वोन म्यारो ट्रान्सप्लान्ट गर्ने गएका एक विरामीसहित दूई जना सदस्यहरु अष्ट्रेलियामा लकडाउन भएको कारण अलपत्र परेका थिए । अष्ट्रेलियामा रहने भारतीय नागरिकलाई फिर्ता ल्याउन गएको ए ३०१ नम्बरको फ्लाइटबाट उनीहरुलाई समेत ल्याएको होे ।

अष्ट्रेलियास्थित नेपाली दूतावासको आग्रहमा अलपत्र परेका एकै परिवारका अर्जुन प्रसाद तिमिल्सिना, विश्व तिमिल्सिना र मुक्ति तिमिल्सिनालाई भारत ल्याइने जनाइएको छ । उनीहरुको कोरोना परिक्षण नेगेटिभ देखिएपश्चात भारतीय दूतावासले विमान चढेन अनुमती दिएको जनाइएको छ । उनीहरुलाई सिधै दिल्लीको बीे .एल.के अस्पतालमा १४ दिन क्वारेन्टिनमा राखिने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्