Logo

महालक्ष्मी नगरपालिकाबाट शंकास्पद कोरोना संक्रमितलाई गएराति पाटन अस्पताल लगियो



ललितपुर, १३ जेठ । महालक्ष्मी नगरपालिकामा एकजना शंकास्पद कोरोना संक्रमितलाई गएराति पाटन अस्पताल लगिएको छ ।

क्वारेन्टाइनमा राखिएकी दाङ घर भएकी महिलालाई कोरोना संक्रमणको लक्षण देखिनथालेपछि आकस्मिक रुपमा अस्पताल लगिएको हो ।

महालक्ष्मी नगरपालिकाका अनुसार अथक प्रयासका बाबजुद पनि एम्बुलेन्सको व्यवस्था हुन नसकेपछि निजी सवारीसाधनमा पिपिई सेट लगाई पाटन अस्पतालमा महिलालाई उपचारका लागि लगिएको थियो । दाङ घर भई शंखादेवीमा बस्ने २३ वर्षीया महिला गत हप्तामात्र काठमाडौं प्रवेश गरेकी थिइन् । उनी काठमाडौं उपत्यका प्रवेशमा कडा पारिएको अवस्थाबीच उनी गाउँटोलमा फर्किएपछि त्रास मच्चिएको थियो ।

महिलालाई अकस्मात ज्वरो, घार्टिमा समस्या र वान्तामा रगत देखिएको खबर प्राप्त भएपछि आकस्मिक रुपमा अस्पताल लगिएको थियो ।



प्रतिक्रिया दिनुहोस्