काठमाडौं, १३ जेठ । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल नेपाल भारत सिमा समस्यालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने पक्षमा छन् । उनले कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे भारतले वार्ता गर्न नचाहेको आरोप लगाए । गजुरेलसँग यीनै विषयमा ऋषि धमलाले गरेका कुराकानीः
हिजो प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीहरुलाई प्राथमिकता हेरेर ल्याइने छ भन्नुभयो, तपाईं सहमत हुनुहुनछ ?
प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्वोधन गर्दा कम्तिमा एउटा राहत प्याकेजको घोषणा गर्नुहुन्छ भन्ने सोचेको थिएँ । अहिले विश्वनै कोरोना भाइरसको मार परेकै हो । अरु मुलुकहरुले ठूलो–ठूलो भोलममा जनताको लागि राहत प्याकेज ल्याएका छन् । हाम्रो देशमा चाहीं खासै केही भएको छैन । खाली कुरै मात्रै भइराखेको छ । दिनदिनै कमाएर खाने मान्छेहरु अहिले भोकभोकै परिराखेको अवस्था छ । ती वर्ग, समुदायलाई एउटा ठोस प्याकेजको व्यवस्था हुन्छ भन्ने लागेको थियो । त्यतारित केही पनि गर्नुभएन । त्यसैले उहाँको भनाइबाट जनतामा धेरै उत्साह पैदा भएको देखिँदैन ।
प्रधानमन्त्रीले पहिलोपटक विदेशमा रहेका नेपालीहरुलाई ल्याइने छ भन्नुभयो नि ?
विदेशमा भएका नेपालीहरुलाई ल्याउने भनेर उहाँले सामान्य नीतिगत कुरा गर्नुभयो । हाम्रो विदेशबाट आउन दिने पनि दबाबबाट मात्रै भयो । उता भारतले हजोरौं हजार सीमानामा ल्याएर अलपत्र अवस्थामा छोडिदिन्छ । अनि त्यहाँ नारा जुलुस गर्न थाल्छ अनि नैतिक दबाबबाट मात्रै आउन दिने चलन भयो । दबाबबाट च्यापिएर भित्र ल्याएजस्तो गर्ने । त्यसरी ल्याइसकेपछि न क्वारेन्टाइनको व्यवस्था छ । भएको क्वारेन्टाइन पनि उल्टै कोरोना सार्नेखालको छ भनेर उल्टै चर्चा भइराखेको छ । यस्तो अस्तव्यस्त अवस्थाबाट यो महामारीको कसरी सामना गर्ने ठूलो चनौती छ हामी सामु ।
होइन प्रधानमन्त्रीले त चुस्त, दुरुस्त ढंगले आर्थिक गतिविधि बढाइने छ भन्नुभयो नि ?
त्यो त ठीकै हो तर एउटा आशंका चाहीं के छ भने अहिले लकडाउन हुँदा त यस्तो अस्तव्यस्त छ भने खुला गर्दा के हुने हो भन्ने ठूलो त्रास मानिसमा छ ।
प्रधानमन्त्रीले नेपालमा संक्रमण बढ्नुको कारण विश्व स्वास्थ्य संगठनको प्रोटोगल पालना नभएर भन्नुभयो नि ?
त्यो पालना चाहीं कसले गराइदिन्छ ? त्यसको लागि सरकारसँग यत्रो संयन्त्र छ, अधिकार छ । अनि पालना चाहीं कसले गराइनुपर्ने त । त्यसको जिम्मेवारी चाहीं कसले लिने हो ? सत्तामा आफू बस्ने । सुविधा आफू उपभोग गर्ने अनि अरुलाई दोष दिने ? पालना भएको छैन भने सबैलाई भन्नुपर्यो नि तपाईंहरुले यो यो काम गर्नुहोस् भनेर । राजनीतिक पार्टीहरुले कसले सहयोग गरेन त्यो भन्नुपर्यो । त्यो पनि छैन ।
भारतबाट आएकाहरुमा प्रोटोकल पालना नभएको प्रधानमन्त्रीको भनाइ छ नि ?
पहिलो कुरा त भारतसँग ठीक ढंगले डिल गर्नुपथ्र्यो । त्यसको लागि सम्झौता गर्नुपर्यो । हामीलाई भारतमा लाखौं नेपालीहरु छन् भन्ने कुरा पहिला नै थाहा थियो नि । तिनीहरु यता आउन कोशिश गरेर पछि कसरी ल्याउने भनेर तयारी हुनुपर्ने हो नि । कतिपय भारतीयहरु नेपालमा पनि छन् । त्यसमा नेपालमा भएका भारतीयहरुलाई के गर्ने ? र, भारतमा भएका नेपालीहरुलाई कसरी व्यवस्थापन गर्ने भनेर एउटा ठोस सम्झौता हुनुपर्ने हो । अनि अहिले भारतले रेल, बस खोलिदिएको छ । नेपाल जाने भनेपछि जहाँबाट पनि ल्याइदिने अनि सीमानामा ल्याएर तमासा देखाइदिने यो न भइराखेको छ । यस्तो भइराखेको छ । अनि प्रधानमन्त्रीले त्यसलाई व्यवस्थापन गर्न किन सक्नुभएन । त्यसको लागि कुटनीतिक पहल गरेको भए भइहाल्थ्यो नि । विभिन्न हन्डर र ठक्कर आएर मुलुकभित्र पस्छन् अनि फेरि क्वारेन्टाइनको व्यवस्था पनि छैन । उहाँले गर्न खोजेको आर्थिक गतिविधि गर्नेपर्छ । तर, यही ढंगले अस्तव्यस्त बनाउँदै जाने हो भने झन् भयावहको अवस्था आउन सक्छ ।
हामीसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै हो भन्ने यथेष्ट प्रमाणहरु छन् ?
हो, त्यो भूमि हाम्रो हो भन्ने हामीसँग प्रसशस्त प्रमाणहरु छन् ।
अब ती भू-भागहरु कसरी फिर्ता गर्ने त ?
हामीले भारतसँग युद्ध गर्न चाहेका छैनौं । सामरिक क्षेत्रमा मुठभेड होस् भन्ने कसैको चाहना हुँदैन । युद्ध कसैले चाहँदैन । अब युद्ध नगरिकन हाम्रो भूभागको स्वामित्व त हामीले कायम गर्नुप¥यो । त्यसको निम्ति राम्रो तरिका भनेको वार्ताबाटै समाधान गर्ने कुरा हो । यो कुरा तात्तिएर आएको दुई, तीन वर्ष भइसक्यो भारतले वातै गर्न चाहँदैन । त्यसैले एउटा मात्रै हातले तालि बज्दैन । भनेपछि नेपालले अब वार्ता, वार्ता भनेर कतिन्जेल पक्ने हो ? वार्ताबाट समाधान नभएपछि अन्तर्राष्ट्रियकरण गर्नु त अनिवार्य भइगयो नि । हामी समस्या भयो भनिरहेका छौ, भारतले राम्रोसँग सुनेकै छैन । अहिले पनि बाहिरबाहिर वार्ता भनेपनि उसले राम्रोसँग रेस्पोन्स गरेको छैन । अरु सबैकाम गर्न कोरोनाले छेकेन । त्यहाँका रक्षामन्त्रीले भिडियो कन्फरेन्सबाट बाटो उद्घाटन गर्न पनि कोरोनाले छेकेन । उसलाई हामीले बाटो बनायौं भनेर गर्भका साथ उद्घाटन गर्न छेकेन । अनि वार्ताको गर्नको निम्ति चाहीं कोरोनाले छेक्यो । वार्ताको लागि स्पेसल प्लेन चार्टर्ड गरेर जान सकिँदैन ? दुनियाँले गरिराखेका छन् ।
भारत वार्ताको पक्षमा देखिएन कसरी ल्याउन त ?
ल्याउन त कसरी ल्याउने ? अब बोकेर ल्याउने कुरा पनि भएन । त्यो त अन्डरस्ट्याण्डिङबाट हुने कुरा हो । मापदण्डलाई मान्ने अनुशासन त हुनुपर्यो । नत्र कसरी जबर्जस्ती हामीले मनाउने त । अब यसरी मान्दैमान्दैन भने अन्तर्राष्ट्रिय अदालत हेगमा जानुपर्छ । अन्तर्राष्ट्रिय समुदायसँग हारगुहार गर्नुपर्छ ।
त्यसोभए अब नेपाल अन्तर्राष्ट्रिय सुरक्षापरिषद्मा जानुपर्छ हो ?
अब भारतले वार्ता गर्नै मानेन भने के गर्नु ? अन्तर्राष्ट्रिय अदालतमा जानैपर्छ नि । भारत आउँदैआउँदैन अनि के ? हामीले दिल्लीबाट बोकेर ल्याएर हुँदैन । हामी एक्लै त्यहाँ गएर पनि सम्भव भएन । भनेपछि यो सरकारलाई त भारतले टेर्दैटेरेन नि । वार्ता गर्नै मानेन । अनि कति प्रतिक्षा गरेर बस्ने ? अब कति पसखेर बस्ने ? त्यसकारण हामीले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्ने बेला आयो भन्ने लाग्छ ।
त्यसोभए अन्तर्राष्ट्रियकरण गर्नुको विकल्प छैन ?
अहिलेसम्मको अवस्थालाई हेर्दा देखिएन । हुन्छ भने अझै पनि दुई, चार दिनमा वार्ता भइहालोस् । उनीहरुले ‘हामीबाट गल्तीभयो’ भनुन् । भारतीयहरुले १९६२ देखि अहिलेसम्म हाम्रो सेनालाई त्यहाँ बस्न दिएकोमा तपाईंहरुलाई धन्यवाद छ भनुन् । अब हामी तपाईंहरुको जमीन छाडेर यहाँबाट फकिन्छौं । हामीबीचको निकटता कायमै रहोस् भनेर भारतले सौहाद्र्धपूर्ण गरिदिए एकदमै राम्रो हुनेथियो ।
रुकुममा आफ्नी प्रेमिका लिन जाँदा जातीय विभेदमा तीनको मृत्युभयो, तीन बेपत्ता छन् तपाईको पार्टी किन बोल्दै कहाँ सुतेर बसेको छ ?
यो घटनाले त हामी सबैलाई लज्जित बनाइदियो । कानुन र संविधानमा चाहीं अब दलीत भन्ने छैन, छुवाछुतको अन्त्यभयो भनिएको छ । प्रेम विवाह गर्न खोज्दा केटीपक्षका मान्छेले बोलाएको अवस्थामा बीचैमा आक्रमण गरेर हत्यासम्म गर्नु भनेको जघन्य अपराध हो । यो घटनाले विश्वसामु सबै नेपालीलाई लज्जित बनाइदिएको छ । यो कुराको फेरि कसलाई दोष दिने मुख्य दायित्व त सरकारकै हो । कानुन लागु गर्ने त सरकारको काम हो । अरु पार्टीले असहयोग गरेभने यहानेर तिमीहरुले असहयोग ग¥यौ भन्ने ठाउँछ । यसलाई कार्यान्वयन ल्याउने कसले त ? प्रहरी सरकारकै मातहतमा हुन्छ । अदालत पनि सरकारकै मातहतमा जाने हो । यी सबै निकायलाई कार्यान्वयन गर्ने त सरकारले नै हो नि । अरुले गरेर हुँदैन । भनेपछि यस्तो खालको जुन विकृति भयो । यसलाई नियन्त्रण गर्न अपराधीहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ । अबदेखि यसता घटना नदोहोरिउन् ।
राष्ट्रियताको लागि तपाईंहरुको पार्टी सडकमा जान्छ ?
हामीहरु त १० दलको संयुक्त मोर्चा बनाएर सडकमै थियौं । फेरि कोरोना भाइरस आइसेकपछि दुरी मेन्टेन गर्नुपर्ने भयो । त्यसको अनुसानको पालना गर्नुप¥यो । त्यो प्रोटोकलको पालनालाई हामी नमान्नु पनि भएन । जनस्वास्थ्यसँग जोडिएको कुरा भयो । त्यसकारण हामीले स्थगित गरेको मात्रै हो । केही समयको लागि मात्रै स्थगित गरेको मात्रै हो । हामी त सडकमा जानुपर्छपर्छ । कोरोनाभाइसको कारणले गर्दा मान्छेहरु त्यसै खुम्चिएर बसेका छन् । यहाँ त सबै क्षेत्रमा बेथिति छ । त्यसकारण सडक आन्दोलन नगरी हुँदैन । उपयुक्त समय भइसकेपछि हामीहरु सडक आन्दोनलमा जान्छौं ।-File Photo