Logo

लकडाउनको मौका छोपी आँधीखोलाको दोहन



प्रकाश डोटेल, स्याङ्जा । लकडाउनको मौका छोपी स्याङ्जामा आँधीखोलाको दोहन बढेको भन्दै प्रहरीले सक्रियता बढाएको छ । कोरोना रोकथामका लागि देशभर लकडाउन भईरहेको बेला आँधीखोलामा अबैधरुपमा बालुवाको उत्खनन र ओसारपसार भईरहेको भन्दै प्रहरीले सक्रियता बढाएको हो ।

पुतलीबजार नगरपालिकाको सिमाना क्षेत्रस्थित आँधिखोलामा अबैध रुपमा बालुवा उत्खनन् र ओसारपसारमा सक्रिय चार वडा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाहीको प्रक्रियामा अगाडी बढाईएको स्याङ्जाका प्रहरी प्रमुख एसपी बिमलराज कणेंलले जानकारी दिए ।

प्रहरीले आँधीखोलाबाट ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । लकडाउनको मौका छोपी आँधीखोलाको दोहन गर्ने क्रम बढेको भन्दै यसलाई नियन्त्रणमा लिनका लागि बिशेष सतर्कता अपनाईएको प्रहरी प्रमुख कणेंलले जानकारी दिए । उनका अनुसार दोहोन रोक्न प्रहरीको थप सक्रियता आवश्यक रहेको समेत बताए ।

आँधीखोलामा बालुवा उत्खनन् गर्न नगरपालिकाले दिएको व्यवसायिले बताएका छन्, भने प्रहरीले ट्याक्टर नियन्त्रणमा दिएर दुःख दिएको उनीहरुले बताए । लकडाउनका समयमा नगरपालिकाले बालुवा उत्खनन् गर्न दिएको बारेमा आफूहरुलाई कुनै जानकारी नभएको प्रहरीले दाबी गरेको छ ।

पुतलीबजार नगरपालिकाले नगर क्षेत्रका विकास निर्माणलाई सुचारु ग्र्न आँधीखोलाबाट नदीजन्य बस्तु निकासि गर्न व्यवसायिलाई दिएको बताएको छ । नगरपालिकाले विना सुचना नदीजन्य बस्तु निकासि गर्न दिएर नदीको दोहोन र लकडाउनको उल्लंघन गरेको प्रहरीले बताएको छ ।

नगरपालिकाले आवश्यक समन्वय नगर्दा व्यवसायिले दुःख पाएको उनीहरुको गुनासो छ । नगरपालिकाले निकासि गर भन्ने प्रहरीले सवारी साधन नियन्त्रणमा लिदा हामीलाई दुःख भयो । आवश्यक समन्वय गर्नुपर्ने स्थानीय सरकारको दायित्व भएपनि नगरपालिकाको लापरबाहीले आफुहरु हौरानीमा परेको व्यवसायिको गुनासो छ ।



प्रतिक्रिया दिनुहोस्