Logo

महामारी नियन्त्रणका लागि एडीबीले नेपाललाई २५ करोड डलर सहायता गर्ने



काठमाडौँ १३ जेठ : एशियाली विकास बैंक (एडीबी) ले कोरोना महामारीको प्रतिक्रियाका लागि २५ करोड अमेरिकी डलर ऋण सहायता गर्ने भएको छ।

एडीबीले देशको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन र महामारीबाट देशको आर्थिक र सामाजिक अवस्थामा परेको प्रतिकुल प्रभाव कम गर्नका लागि र विशेष गरी गरिबहरुका लागि उक्त ऋण सहायता प्रदान गर्न स्वीकृती प्रदान गरेको हो।

यस्तो संवेदनशील समयमा एडीबीले नेपाललाई सहयोग प्रदान गर्न प्रतिबद्धता जनाएको हो।

उक्त सहुलियतपूर्ण ऋण सहायताले सरकारलाई महामारीको नियन्त्रण उपाय जारी राख्न, गरिब र कमजोर मानिसहरुका लागि सामाजिक सुरक्षा कार्यक्रममा विस्तार गर्न र सुरुवाती आर्थिक सुधारका लागि स्तर निर्धारण गर्नका लागि सक्षम बनाउने एडीबीका अध्यक्ष मासात्सुगु आसाकावाले बताए।

आसाकावाले भने, ‘कोभिड–१९ महामारी एउटा गम्भीर सार्वजनिक स्वास्थ्यको मुद्दा बनिरहेको र यसले नेपालको समग्र सामाजिक तथा आर्थिक विकासलाई प्रभाव पार्नेछ।’ साथै, एडीबीले सरकार र अन्य विकास साझेदारहरुसँग मिलेर समन्वय र प्रभावकारी प्रतिक्रियाको सुनिश्चितताका लागि कार्य गर्ने आसाकावाले बताए। मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्