काठमाडौं, जेठ १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले अब १२ हजार भीटीएम मात्र मौज्दात रहेको जानकारी दिएका छन् ।
मन्त्रालयले हालसम्म १ लाख भीटीएम प्राप्त भएकोमा ८८ हजार जिल्ला र प्रदेशलाई वितरण गरिसकेको उनले बताए । भीटीएम खरिद प्रक्रिया अघि बढाएको भए पनि आइपुग्ने मिति भने उनले खुलाएनन् ।
‘२ लाख ५ हजार थान भीटीएम खरिद प्रक्रिया अगाडि बढाएका छौं,’ डोटेलले भने, ‘पहिले मुलुकमा १५ सय कोभिड केस हुने आधारमा पूर्वानुमान गरिए पनि हाल ५ हजार केसलाई चाहिने स्वास्थ्य सामग्रीको आवश्यकता पहिचान गरी विभिन्न सामग्री खरिद गर्न थालिएको हो ।’कान्तिपुर दैनिकबाट