Logo

थप २१ जनाले कोरोना जिते,राति नै डिस्चार्ज



वीरगञ्ज, जेठ १४ । पर्सामा थप २१ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोनामुक्त भएका हुन् । उनीहरुलाई राति नै डिस्चार्ज गरिएको छ ।

गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए । लगातार दुई वटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको डा। उदय नारायण सिंहले जानकारी दिनुभयो।

६ महिलासहित ३० जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिएकोमा अस्पतालमा अब ९ जना संक्रमित उपचाररत छन् । यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए ।
.



प्रतिक्रिया दिनुहोस्