Logo

लुम्बिनी मेडिकल कलेजमा आइसोलेशन सेण्टर



पाल्पा, १४ जेठ : सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा आइसोलेशन सेण्टर बन्ने भएको छ । सय शय्याको कोभिड पोजेटिभ आइसोलेशन सेण्टर सञ्चालन हुने कलेजका प्रमुख कार्यकारी अध्यक्ष गोपाल पोखरेलले बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमितको हेरचाह र उपचार गर्न मेडिकल कलेजका तीन भवनलाई कोभिड केयर सेण्टर बनाउने कामसमेत शु्रू भएको छ । पाल्पा सिसिएमसी र लुम्बिनी मेडिकल कलेजको संयुक्त बैठकले सय शय्या क्षमताको कोभिड आइसोलेशन सेण्टर बनाउने निर्णय गरेकोे अध्यक्ष पोखरेलले बताउनुभयो । प्रदेश नं ५ सरकारको सामाजिक विकास मन्त्रालय र जिल्लास्थित सिसिएमसीको सहयोगमा कोभिड सेण्टर सञ्चालनमा ल्याउन लागिएको हो । रासस File photo



प्रतिक्रिया दिनुहोस्