Logo

प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै गगन थापाले भने : ‘उहाँले हिम्मत र साहस देखाउनुभयो, त्यसको आधार हामीहरु हौं’ (भिडिओसहित)



काठमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा सार्वजनिक गर्न हिम्मत र साहस देखाएको र त्यसको पछाडिको तागद आफूहरु भएको स्पष्ट पारेका छन् । उनले भने,’उहाँले नक्सा प्रकाशित गर्नुभयो । प्रधानमन्त्रीले हिम्मत र साहस देखाउनुभयो । त्यो हिम्मत र साहसको आधार भनेको हामीहरु हो । हामीहरु भनेको हाम्रो पार्टी, उहाँको पार्टी, संसद, नागरिक हामी सबै मैले जुन तिथि, मिति बताएँ नि, मैले त्यसै बताएको होईन् । सबै प्रक्रियालाई हामीले बिर्सियौं भने हामी फेरि भगवान बनाउन लाग्छौं । प्रधानमन्त्रीले साहस नगर्नुभएको हुँदैनथियो, त्यसलाई पनि हामी अण्डरमाईन नगरौं । प्रधानमन्त्रीले ल म गर्छु भनेर निर्णयमा पुग्नुभयो, उहाँलाई धन्यवाद छ । यस्तो कुरालाई म सम्मान प्रकट गर्छु । तर, यो भनिरहँदा नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, नेपालका अरु सबै राजनीतिक पार्टी, हामी सांसद, संसदीय समिति, नागरिक, सबैजना मानिस के भनिरहेका थिए भने तपाई अगाडि बढ्नुहोस्, तपाईको ताल भएन् । कुटनीतिक हिसाबले बलियोसँग भिड्नुहोस भनेका थियौं । यो पछाडि भएका कुरालाई हामीले बिर्सिनुहुँदैन् ।’

बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । थापाले गत कार्तिक १६ गते र हालै भारतले नेपाली भूमि हुँदै चीनको मानसरोवर जाने सडक उद्घाटन नगरेको भए ? के हुन्थ्यो ? भन्दै प्रश्नसमेत गरेका छन् । उनले भने,’यो त प्रधानमन्त्री हुनुभएको दुई, अढाई वर्ष भयो । यो त वर्षौदेखि हाम्रो भूभाग हो । कब्जा कसले गरेर बसेको छ ? भारतले कब्जा गरेर बसेको छ । एकाएक प्रधानमन्त्रीले यो नक्सा बनाउनुभएको होईन, तर भारतले हामीलाई यो ठाउँमा पुर्यायो । यसको जस प्रधानमन्त्रीले लिनुहोस्, केही फरक परेन् । भोलि अझै भूमि फिर्ता ल्याउँ, यसको सम्पूर्ण जस उहाँलाई दिउँ, केही फरक परेन् ।’



प्रतिक्रिया दिनुहोस्