Logo

आर्थिक वर्ष २०७७/७८का लागि बजेट प्रस्तुत, स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड विनियोजन



काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा मन्त्री खतिवडाले आज बजेट प्रस्तुत गरेका हुन् । अर्थमन्त्री डा खतिवडाले प्रस्तुत गरेको यो तेस्रो बजेट हो । सरकारले स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट छुट्याएको छ।

बजेट भाषणको क्रममा मन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेर ९० अर्ब ६९ करोड पुर्‍याइएको स्पष्ट पारे । उने कोरोना महामारी तथा संक्रामक रोगको लागि रोकथाम तथा नियन्त्रणका लागि उच्च प्राथमिकतामा राखिएको बताए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्