Logo

अर्थतन्त्र गतिशील बन्ने



काठमाडौँ, १६ जेठ । कोभिड–१९ को महामारीको अत्यन्त प्रतिकूल अवस्थामा पनि अर्थमन्त्री डा. युवराज खतिवडाले परिस्थिति सामान्य हुनासाथ अर्थतन्त्र पुनः गतिशील हुनसक्ने आत्मविश्वास प्रकट गरेका छन् ।

उनले त्यस्तो आत्मविश्वास प्रकट मात्र गरिएको छैन अर्थतन्त्र पुनः गतिशील बनाउन सबै क्षेत्रमा सरकारका तर्फबाट गर्नसकिने साधनको भरमग्दुर उपयोग गर्ने बजेट प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को बिहीबार अपराह्न बसेको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्र चलायमान भएपछि आगामी तीन आर्थिक वर्षमा औसत ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हासिल हुने पनि उल्लेख गरेका छन् ।

अर्थमन्त्रीले आगामी तीन वर्षको औसत आर्थिक वृद्धिको अनुमान गरे पनि आगामी आवको आर्थिक वृद्धि चाहिँ किटान गरिएको छैन । आगामी वर्ष तत्काल प्रतिफल दिने र एक वर्षभित्र सम्पन्न हुने आयोजना एवं निर्माणाधीन अधुरा आयोजनाको कार्यान्वयनमा तीव्रता आउने, रणनीतिक महìवका आर्थिक, सामाजिक, भौतिक पूर्वाधार आयोजनाको निर्माण कार्य अघि बढ्ने, भूकम्प पछिको पुनर्निर्माण सम्पन्न हुने र सेवा क्षेत्र विस्तारित हुने अनुमान गरिएको छ ।

भूकम्पपछि आव २०७२/७३ मा भूकम्पपछि ऋणात्मक नजिक (०.५९ प्रतिशत) मा झरेको आर्थिक वृद्धि पुनः चलायमान बनाउन भूकम्प पछिको पुनर्निर्माण नै कारक रहेको थियो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्