Logo

महामारीसँगै ‘निरोगी नेपाल’



काठमाडौँ, १६ जेठ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासहित अगाडि बढेको सरकारले कोरोना भाइरस सङ्क्रमणको महामारीसँगै ‘निरोगी नेपाल’ को थप रणनीति अगाडि सारेको छ ।

नागरिकमा रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद लगायत वैकल्पिक उपचार पद्धतिमा सरकारले जोड दिएको छ । ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न, म देश र जनताका लागि इमानदार भएर काम गर्नेछु’ भन्ने सदाचार संस्कृतिको विकासमा सरकारले जोड दिएको छ । सरकारले भ्रष्टाचार रोकथाम र नियन्त्रण कार्य थप प्रभावकारी बनाउने भएको छ ।

सरकारले २६ वर्षपछि ‘आफ्नो गाउँ आफैँ बनाउँ’ अभियानलाई पुनः ब्युँझाएको छ । सोही भावना अनुसार स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माणका कार्यमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रम सञ्चालन गरिनेभएको छ । विपन्न परिवार लक्षित यस कार्यक्रम अन्तर्गत श्रममूलक सामाजिक तथा भौतिक विकासका आयोजना सञ्चालित हुनेछन् ।

यस्तै सार्वजनिक विकास निर्माण कार्य श्रममूलक प्रविधिबाट कार्यान्वयन गर्न ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ले निरन्तरता पाएको छ । सो कार्यक्रम मार्फत दुई लाख रोजगारी उपलब्ध गराउने लक्ष्य सरकारको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्