Logo

लकडाउनमा ३० जना सुत्केरीले ज्यान गुमाए



काठमाडौं, जेठ १६ । विश्वव्यापी महामारीको रूप लिएको कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै गरिएको लकडाउनको अवधिमा नेपालमा अहिलेसम्म ३० जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालय अन्तर्गतको मातृ तथा नवशिशु शाखाका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो सङ्ख्या झण्डै चार गुणा ज्यादा हो ।

शाखाका प्रमुख डा पुन्या पौडेलका अनुसार गतवर्ष यो अवधिमा ८ जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएको बीबीसीले उल्लेख गरेको छ ।

उनी भन्छिन्, लकडाउनको अवधिमा २८ जना गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य संस्थामा पुगेपछि र दुई जनाको घरमै ज्यान गएको पाइएको छ ।



प्रतिक्रिया दिनुहोस्