Logo

हवाई भाडा सस्तो हुने



काठमाडौं, जेठ १६ । पर्यटन क्षेत्रमा कोरोना महामारीका कारण थलिएको नेपाली आन्तरिक हवाई उद्योगका लागि आगामी आर्थिक वर्षको बजेट हालसम्मकै हितकर भएको व्यवसायीले जनाएका छन् । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसद्को दुवै सदनमा बिहीबार पेस गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटले चारवटा शुल्क, दस्तुर र कर मिनाहा गरिदिएको छ ।

नेपाली वायुसेवा कम्पनीले विमानस्थलमा भुक्तानी गर्नुपर्ने पार्किङ शुल्क, वायुसेवा सञ्चालन नवीकरण दस्तुर, उडान योग्यता प्रमाणपत्र दस्तुर र हवाई इन्धनमा लाग्ने पूर्वाधार कर छुट दिइएको खतिवडाले जानकारी दिए ।कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्