Logo

विदेशबाट आउदा ल्याउने सुनको भन्सार शुल्कमा वृद्धि



काठमाडौँ १६ जेठ : विदेशबाट फर्केका युवाहरुले ल्याउन पाउने सुनको भन्सार शुल्क बढेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटसँगै ल्याएको आर्थिक विधेयकमा भन्सार शुल्क बढाएका हुन् ।

आर्थिक विधेयक अनुसार अबदेखि पहिलो ५० ग्रामसम्म सुन ल्याउदा प्रति १० ग्रामको दरले ९ हजार ५ सय रुपैयाँ तिनुपर्छ । यसअघि ५० ग्रामसम्म सुन ल्याउदा प्रति १० ग्राम ६ हजार २ सय रुपैयाँ भन्सार शुल्क तिनुपर्ने व्यवस्था थियो । सरकारले प्रति १० ग्राममा ३ हजार ३०० रुपैयाँको दरले भन्सार महशुल बढाएको छ ।

यसअघि ५० ग्राम सुन ल्याउदा ३१ हजार रुपैयाँ भन्सार लाग्नेगरेकोमा अब ४७ हजार ५०० रुपैयाँ लाग्ने भएको छ।

यस्तै ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्ममा प्रति १० ग्रामको १० हजार ५ सय रुपैयाँ दरले भन्सार शुल्क लाग्छ । यसअघि यस्तो सुन ल्याउदा प्रति १० ग्राम ७ हजार २ सय रुपैयाँ भन्सार लाग्ने गरेको थियो । यसअघि ग्राम सुन ल्याउदा ६७ हजार रुपैयाँ भन्सार तिर्नुपर्नेमा अब एक लाख रुपैयाँ भन्सार तिर्नुपर्ने भएको छ।

तर,५० ग्रामसम्मको सुनको गहनामा कुनैपनि भन्सार शुल्क लाग्दैन । १०० ग्राम सुनको गहना ल्याउदा बाँकी ५० ग्राममा प्रति १० ग्रामको १० हजार ५०० रुपैयाँ दरले भन्सार शुल्क तिर्नुपर्छ। यसअघि यस्तो शुल्क ७ हजार २ सय रुपैयाँ थियो। त्यसैगरी १०० ग्रामभन्दा बढी थप १०० ग्रामसम्म सुनका गहनामा प्रति १० ग्राम १२ हजार रुपैयाँ भन्सार शुल्क लाग्नछ।

विदेशी यात्रुले आफ्नो साथमा ल्याउन पाउने पचास ग्रामसम्म सनको गहना र सय मामसम्म चादीको गहना भन्दा बढी निजी प्रयोगका सनु तथा चाँदीका गहना पछि फिर्ता लैजाने गरी भन्सार बिन्दमा घोषणा गरेमा त्यस्तो गहना परीक्षण गरी सो गहनाको मूल्यको बीस प्रतिशत रकम धरौटी राखी ल्याउन दिइने व्यवस्था गरिएको छ।

त्यसरी ल्याएको गहना यात्रु फिर्ता जाँदा भन्सार बिन्दुमा परीक्षण गराई त्यस्तो गहना ल्याउँदा राखेको धरौटी रकम फिर्ता लैजान सक्नछन्। त्यसरी परीक्षण गर्दा घोषणा गरे भन्दा फरक गणस्तर तथा परिमाण भएको प्रमाणित भएमा भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा (१) बमोिजम कसूर गरेको मानी सजाय हनुेछ।मेरोलागानी File Photo



प्रतिक्रिया दिनुहोस्