Logo

करणी मुद्दाका फरार पक्राउ



भक्तपुर, १६ जेठ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सुमन तामाङ शुक्रबार बिहान पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काभ्रे धुलिखेल नगरपालिका पकुचाका तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
भक्तपुर नगरपालिका सूर्य्विनायक डेरा गरी बस्ने महिलालाई २०७६ साउन १ गते राति डेरामा गई जबरजस्ती करणी गरेको घटनामा संलग्न रही फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा बुझाएको छ ।
तामाङ उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्