Logo

सतर्कतापूर्वक बजेट विनियोजन : अर्थमन्त्री



काठमाडौँ, १७ जेठ । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस रोग (कोभिड–१९)बाट सिर्जित परिस्थितिको विवेकपूर्ण आँकलन गर्दै निकै सतर्कतापूर्वक आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट विनियोजन गरिएको स्पष्ट पारेका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले बजेट स्रोतको समग्र अवस्था विश्लेषण गरेर यसको आकार चालू आवको तुलनामा घटाइएको जानकारी दिएका छन् । ‘‘दुई कदम अगाडि बढ्न सरकारले एक कदम पाइला पछाडि सारेको मात्रै हो,’’ उनले भने, ‘‘बजेटको आकार घटाएर त्यसपछिको वर्षलाई अहिले शक्ति सञ्चय पनि गरिएको हो । ’’ अर्को वर्ष आर्थिक विकासका लागि दरिलो जग बनाउने आधारसहित बजेट कार्यक्रम तय गरिएको पनि उनले स्पष्ट पारेका छन् ।

बजेटले जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर सामाजिक क्षेत्रमा केन्द्रित भएको उनले बताएका छन् । जीवनरक्षाका लागि आवश्यक स्वास्थ्य पूर्वाधार तथा स्वास्थ्य सेवा विस्तारका लागि चालू आवको तुलनामा झन्डै एक तिहाइले स्वास्थ्यको बजेट वृद्धि गरिएको उनले जानकारी दिएका छन् । (गोरखापत्रबाट )



प्रतिक्रिया दिनुहोस्