काठमाडौं, जेठ १७ । नेपाली पूँजीबजारका लगानी कर्ता र विश्लेषकहरुले हाले सरकारले जारी गरेको बजेटले पूँजी बजार उकास्ने र लगानीकर्ताहरुको मनोबल बढाउन नसकेको बताएका छन् । उनिहरुले लगानीलाई प्रोत्साहन, सुरक्षित बजारको अनुभूति र लगानीकर्ताको मनोबल बढाउने खालका कार्यक्रमहरु बजेटमा नपरेकाले पुँजी बजारको भविश्य थप अन्योलमा पर्ने सम्भावनालाई बढाएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै सेयर विज्ञ एवं विश्लेषक अम्बिकाप्रसाद पौडेलले लकडाउनले थलापरेको नेपाली पूँजी बजार उकास्नका लागि आगामी आर्थिक बर्षको बजेटले कुनै ठोस कार्यक्रम दिन नसकेको बताए । झण्डै पौने ६ खर्बले ऋणत्मक रहेको पुँजीबजारप्रति बजेट सकारात्मक नहुनले आम लगानी कर्तालाई निरास बनाएको उनको दाबी छ ।
सरकारले लकडाउनको मोडालिटिमा परिवर्त गर्न नसक्दा नेपालको पूँजी बजार राम्रो हुन नसकेको र प्रविधि मेत्री समेत नभएकाले भौतिक रुपमा उपस्थित जनाउनुपर्ने भएकाले भइरहेको कारोवार पनि लकडाउनमा चल्न नसकेको उनले बताए। समयमै यसलाई अनलाइमा लानुपर्ने र चल्ने अवस्था बनाउनु पर्ने कुरालाई सम्बन्धित निकायले ध्यान नदिनु दुखद पक्ष भएको उनको भनाइ छ ।
पौडेलले अहिले पुँजीबजार पौने ५ खर्ब माथि घाटामा गएको बताउदै यसलाई सुधारमा ल्याउनका लागि सरकारलाई बारम्बार भनिएको तर, सरकारले उल्टै लगानीकर्तालाई निरास बनाउने गरी बजेट ल्याएको धारणा राखे । नागरिक लगानी कोष र सञ्चय कोषलाई पनि पूँजीबजारमा लगानी गर्न लगाउनु पर्ने उनले बताए ।
पौडेलले भने,‘व्याज घटाउन पर्यो । मार्जिन कल बढाएर ८० प्रतिशत पुर्याउन पर्यो । हाम्रो बजारलाई सम्बोधन हुनेगरी बजेट आओस भन्ने माग थियो तर, आएन् । करका विषयमा पनि सरकारले हेरेन । बजेटले दायरा विस्तार गर्ने भनेको छ तर, भनेर मात्रै बजार उकासिदैन’।
पौडेलका अनुसार पूँजीबजारमा पछिल्लो समय दुर्घटनाका संकेतहरु देखिन थालेका छन् । १८८१ को उच्च अंकमा पुगेको बजार पछिल्लो समय घटेसँगै इण्डेक्स र कारोबार पनि उसैगरी घट्न थालेपछि जुनसुकै बेला दुर्घटना निम्तिनसक्ने अवस्था देखिएको थियो अहिलेत बजार पुरै बन्द छ ।
उनले केही अघिसम्म नेप्से इण्डेक्स घटे पनि कारोबार रकममा खासै ठूलो पहिरो गएको थिएन । दैनिकजसो डेढ अर्बको हाराहारीमा कारोबार भइरहेको थियो । इण्डेक्स घटे पनि कारोबार रकममा खासै उतारचढाव नहुँदा त्यसले बजारमा खासै ठूलो जोखिम नदेखिए पनि पछिल्ला केही दिनमा इण्डेक्ससँगै कारोबार रकममा पनि पहिरो जाने देखिएको बताए ।