Logo

दैलेखको क्वारेन्टिनमा निधन भएका युवकमा कोरोना कोरोना संक्रमण भएको पुष्टि



काठमाडौं, १७ जेठ । दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएअनुसार निधन भएका ती युवकमा कोरानाको संक्रमण देखिएको हो ।

दुल्लु नगरपालिका–११ का ३५ वर्षीय उनको दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टिनमा मृत्यु भएको हो। शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको थियो। हेर्नुहोस सामाजिक विकास मन्त्रालयले जारी गरेको वक्तव्य : 

 



प्रतिक्रिया दिनुहोस्