काठमाडौं, १८ जेठ । ईतिहाँसविद् प्रा.डा. रमेश ढुंगेल र समाजवादी पार्टीका नेता अर्जुन थापाले लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली भूभाग भएकोले सरकारले वार्तामार्फत फिर्ता ल्याउनुपर्ने बताएका छन् । त्यसको लागि सरकारले कुटनीतिक पहलकदमी लिनुपर्ने र वार्ता नै उत्तम विकल्प भएको उनीहरुको भनाई छ । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनीहरुले यस्तो बताएका हुन् । ढुंगेलले भारतसँगको सिमा विवादबारे छलफल गर्न नेपाल सरकारले उच्चस्तरीय समिति बनाउनुपर्नेपनि तर्क गरेका छन्।
हेरौं पूरा भिडिओ :