Logo

काजक्रियाको खर्च कटाएर पाँच लाखको अक्षयकोष



काठमाडौँ, १९ जेठ । संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले आफ्नी आमाको मृत्युपछि गरिने संस्कार (काजक्रिया)को खर्च कटाएर अक्षयकोष स्थापना गरिएको बताएकी छिन् ।

अध्यक्ष गुरुङले गत वैशाख ७ गते मृत्यु भएकी ७७ वर्षीया आमा चिसकुमारी गुरुङको काजक्रियामा लाग्ने खर्च कटाएर आइतबार रु पाँच लाखको अक्षयकोष स्थापना गरिएको बताइन उनले विश्वव्यापीरूपमा फैलँदै गएको महामारीलाई ध्यानमा राखेर गुरुङ परम्परानुसार अन्त्येष्टिपछि गरिने अर्घौँको रकम कटाएर संस्कार समाजका नाममा रु पाँच लाखको अक्षयकोष स्थापना गरेको जानकारी दिएकी छिन् ।

“रु पाँच लाखको अक्षयकोषबाट आउने ब्याजबाट बर्सेनि समाजमा महत्वपूर्ण योगदान दिने प्रेरणादायी व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गर्नेछौँ”, उनले भने । अध्यक्ष गुरुङले बुबाआमाको समाज सेवाप्रतिको भावनाको कदर गर्दै उक्त अक्षयकोष स्थापना गरेको बताएकी छिन् । उनले विगत तीन वर्षदेखि ‘असल संस्कार सिकौँ सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नाराका साथ संस्कार समाज नेपालको स्थापना गरेर सामाजिक कार्य गर्दै आएकी छिन् । (रासस)



प्रतिक्रिया दिनुहोस्