Logo

श्वास फेर्न समस्याबाट गर्भवतीको मृत्यु



जलेश्वर, १९ जेठ : महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्न समस्याबाट आज एक गर्भवती महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकडारा गाउँपालिका– २ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रिता देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आफ्नै घरमा बस्दै आएकी ती महिलालाई अचानक श्वास फेर्नमा समस्या हुँदा उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्