Logo

उपत्यकामा संक्रमित बढ्न थाले, काठमाडौं मेडिकल कलेजका चार स्वास्थ्यकर्मी संक्रमित



काठमाडौं, २० जेठ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । दिनहुँ संक्रमित भेटिन थालेका छन् । आज एकै दिन सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमितहरु काठमाडौं मेडिकल कलेजका हुन् । उनीहरु २४ देखि ३२ वर्षका तीन महिला र एकजना २८ वर्षका पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोले बताएका छन् ।

भक्तपुरमा पनि एक जनामा संक्रमण देखिएको छ । केही दिनयता काठमाडौं उपत्यकामा संक्रमित भेटिने क्रम बढिरहेको छ । उपत्यकामा एकजनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्