Logo

लकडाउन भाइरसभन्दा बढी हानिकारक, विज्ञहरु भन्छन्, ‘यो गलत छनौट हो’



के लकडाउनले गर्ने क्षति भाइरसभन्दा खराब हो? यो, विश्वका नेता, टिप्पणीकारहरुको एउटा यस्तो प्रश्न हो जो दाबी गर्छन् कि कोरोनाभाइरसका कारण लगाइएको कडा प्रतिबन्धहरुका कारण भोग्नु परेका आर्थिक र सामाजिक कठिनाई यस रोगका कारण हुने मृत्युको दरभन्दा धेरै गह्रौँ बोझ थपिरहेको छ।

यो लकडाउनका कारण अमेरिकामा यति व्यक्तिहरुले रोजगारी गुमाउने सम्भावना देखिएको छ कि जुन महामन्दीपछि देखिएको थिएन। युरोपियन कमिशनले ‘ऐतिहासिक अनुपात’ को मन्दीको चेतावनी दिएको छ भने ब्रिटिश अर्थतन्त्रले तीन शताब्दी यताकै खराब क््रयासको सामना गरिरहेकोमा बैंक अफ इंगल्याण्ड त्रसित छ।

बिबिसीको एक कार्यक्रममा बेलायतका प्रख्यात व्यवसायी लुक जोनसनले कोभिड १९ प्रति बेलायले ओभररिएक्ट गरेको अभिव्यक्ति दिएका थिए। ‘२० लाख मानिसहरुको पीडा कल्पना गर्नुहोस््,’ लकडाउनका कारण रोजगारी गुमाउने सम्भावित संख्यालाई उदृत गर्दै उनले भने, ‘त्यसबाट कति मृत्यु हुन सक्छ?’

गत मार्चको अन्त्यतिर अमेरिकाका राष्ट्रपतिले पनि यस्तै अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए, ‘तपाई देशलाई ठूलो मन्दी वा डिप्रेसनमा धकेलेर थप व्यक्ति गुमाउँदै हुनुहुन्छ’।

उनका ब्रजिलियन समकक्षी जैर बोल्सनोरो आर्थिक कठिनाइले ब्राजिललाई भाइरसभन्दा बढी नोक्सान पु¥याउने दाबी गर्छन्। साथै, केही दिन अघि गर्भनर तथा मेयरहरुले अत्यावश्यकबाहेकका अन्य क्षेत्र बन्द गर्न दिएको निर्देशनलाई ‘एक भयंकर अपमान’ को संज्ञा दिन्छन्।

यी तर्कहरु सन्तोषजनक नभएको अर्थशास्त्रीहरु बताउँछन्। उनीहरु भन्छन्, ‘विश्व अर्थतन्त्रलाई बचाउनुभन्दा अघि महामारीको अन्त्य गर’। एक अध्ययनका अनुसार अमेरिकको अर्थतन्त्र लकडाउन अघि नै ओरालो लागिरहेको देखिन्छ। भाइरसको डरको कारण मानिसहरु पसलमा कम गइरहेका छन्, साना व्यवसायहरु बन्द भइरहेका छन् भने रोजगारी कटौती भइरहेका छ।

‘मलाई लाग्छ कि उनीहरु यो भुलिरहेका छन् कि यो केही वामपन्थी षडयन्त्र होइन जसले अर्थव्यवस्थालाई काम गर्नबाट रोक्न सकोस्। यो मजस्ता मध्यम आयु वर्गका मानिसहरु हुन्, जो आफ्ना बुबाआमाको मृत्यु देख्न चाहँदैनन्,’ एक लगानी बैंक, रिनेसन्स क्यापिटलका प्रमुख अर्थशास्त्री चार्ली रोबर्टसनले भने।

न त यहाँ पर्याप्त तथ्याङ्क नै छ जसले यो प्रष्ट पारोस् कि लकडाउन भाइरसभन्दा ज्यादा खतरनाक छ, त्यो भाइरस जसबाट करिब साढे ६ लाख संक्रमित भइसकेका छन् भने करिब ४ लाखको ज्यान लिइसकेको छ।

‘हामी (अर्थशास्त्री) मध्ये कोहीसँग पनि यसको लागि लकडाउन उपयुक्त छ कि छैन भन्ने पर्याप्त जानकारी छैन। हामी सही तथा पर्याप्त जानकारी भएको क्षेत्रमा कार्य गरिरहेका छैनौँ,’ अक्सफर्ड विश्वविद्यालयको ब्लाभेनिक स्कुल अफ गभर्मेन्टका एक प्रध्यापक थोमस हेलले भने।

अघिल्ला मन्दीका अध्ययनहरुले यो देखाएको छ कि त्यस्तो अवस्थामा अन्य मृत्युदरहरु घट्छन् यद्यपि, आत्महत्या भने बढ्छन्। संयुक्त राज्य अमेरिकको एक विद्यालयको अनुसन्धान अनुसार सन् १९३० को ठूलो आर्थिक मन्दीको बेला मृत्युदर घटेको र आयु–संभाव्यता बढेको पाइएको छ।

तर, कोरोनाभाइरससँग लड्नका लागि विश्वभरका अधिकांश मुलुकहरुले गरेको लकडाउनको मापनको कुनै उदाहरण अहिलेसम्म छैन। अर्थशास्त्रीहरुका अनुसार हामीले अहिले गर्न सक्ने राम्रो काम भनेको उभरिरहेको प्रमाणलाई ट्रयाक गर्नु हो। ‘हामीलाई यस महामारीको बारेमा खासै ज्ञान छैन, यो कहिलेसम्म रहन्छ र अर्थतन्त्रलाई कस्तो प्रभाव पार्छ, यो सबै अहिलेसम्म थाहा नभएका कुराहरु हुन्। त्यसैले, हामीले अहिले गर्न सक्ने भनेको प्रमाणहरुलाई पछ्याउने हो, र विज्ञानलाई पछ्याउने र हाम्रा रणनीतिहरुलाई नयाँ जानकारीका आधारमा अध्यावधिक गर्न प्रतिबद्ध हुने हो,’ हेलले थपे।

प्रभाव

यहाँ कुनै आशंका छैन कि लकडाउनले आर्थिक अराजकता ल्याएको छ। रोगसँग लड्नका लागि लगाइएको प्रतिबन्धले शिक्षा, कार्य, लिङ्ग, जाति र सामाजिक आर्थिक वातावरणमा हाल कायम असमानतालाई बढाएको छ।

लकडाउनका कारण धेरै विद्यार्थीहरुले राम्रो शिक्षा प्राप्त गर्न नसकेका या शिक्षा प्राप्त गर्न बढि अवरोधहरु सामना गर्नुपरेका कारण शिक्षाविद्हरुले नयाँ हराएको पुस्ता उत्पन्न हुने चेतावनी दिएका छन्। श्रम तथ्याङ्क विभागका अनुसार अमेरिकामा आर्थिक गिरावटको सबैभन्दा बढी तनाव महिलाहरुलाई भएको छ।

ब्रिटेनमा, कम सीप लाग्ने काममा आबद्ध पुरुषहरु कोरोना भाइरसका कारण अन्यको तुलनामा सबैभन्दा बढी प्रभावित भइरहेका छन्। रोजगारीका लागि विदेश पुगेका मानिसहरु एक छाक खाए अर्को के खाने भन्ने अवस्थामा पुगेको तथा सो मुलुकमा फैलिएको कोरोना भाइरस महामारीको शिकार भएका छन्।

यद्यपि, विश्वका अग्रणी अर्थशास्त्रीहरु भन्छन् कि लकडाउन चाँडै खुकुलो पार्दा भाइरसका दोस्रो छाल आउने खतरा हुनसक्छ जसले समाजलाई अझै धेरै आर्थिक पीडा दिनेछ।

अर्थतन्त्र बन्द गर्नुको उद्देश्य जीवन बचाउनु थियो। यसले सरकारलाई परीक्षण, ट्रेसिङ्ग जस्ता कार्यहरुमा वृद्धि गर्न सहज बनायो। यसको मद्दतले नै जर्मनी, दक्षिण कोरिया जस्ता मुलुकहरु भाइरसको खोप विकास नभएसम्मको लागि उत्पन्न हुने भयावह अवस्थालाई रोक्न सफल भए।

तर, हेल भन्छन् कि अमेरिका जस्ता केही देशहरुले उनीहरुलाई दिएको समयलाई सदुपयोग गरेनन्। ‘अन्य सरकारले सो अवधिको उचित प्रयोग गरेनन्, र म भन्छु कि अमेरिका यसमा सबैभन्दा पहिलो स्थानमा छ, जहाँ सुसंगत रणनीति थिएन,’ उनले भने।

समयलाई बुद्धिमानी साथ प्रयोग गर्न असफल भइयो भने लकडाउन हटाइएसँगै संक्रमणको उच्च जोखिम हुन्छ र उपभोक्ता विश्वासमा एक पछि अर्को समस्या उत्पन्न हुन्छ। ‘मानिसहरु जब आफ्ना व्यक्तिहरु बिरामी भएको देख्दा उनीहरु जीवन आफै जीवनशैलीलाई प्रश्न गर्न र जीवन निर्वाह गर्न अग्रसर हुन्छन्,’ क्याम्ब्रिज युनिभर्सिटीका एक अध्यापक कोर्सेट्टीले बताए।

उनले गरेको एक अनुसन्धानमा यो देखिएको छ कि विकसित देशहरु, जहाँ महामारीमा निष्क्रियताको आर्थिक मूल्य लकडाउनभन्दा दुई गुणा बढी हुन सक्छ, त्यहाँ मानव स्वास्थ्य र अर्थव्यवस्था बीच कुनै पूर्ण व्यापार छैन।

‘अब, के मानिसहरु आफु र आफ्ना आमाबुबालाई मार्न रेष्टुराँ, बारहरु धाउँछन्?,’ रोबर्टसन सोध्छन्। न त कुनै अर्थतन्त्रले चाँडै प्रतिबन्ध सहज बनाउदा धेरै फाइदा हुन्छ, जबकि विश्वका अधिकांश मुलुकहरु लकडाउनमा छन्, विज्ञहरु भन्छन्।

रोबर्टसन स्वीडेनलाई देखाउँछन्, जसले अन्य युरोपेली मुलुकहरुभन्दा भन्न रणनीति अपनायो। उसले अधिकांश स्कुल, रेष्टुराँ, सलुन तथा बारहरु खुला राखेको छ। यद्यपि, उसले मानिसहरुलाई व्यक्तिगत कामकाजमा जोड दिँदै लामो यात्राबाट टाढा रहन आग्रह गरेको छ।

यस्तो फरक रणनीतिका बावजुद स्विडेनको अर्थतन्त्र अन्य युरोपेली मुलुकहरु जस्तै डिप्रेसनमा छ र तथ्याङ्कका आधारमा अन्य नोर्डिक मुलुकहरुभन्दा बढी मृत्यु सात दिनमा भएको छ।

तर, लकडाउनको अवस्थालाई पूर्ण रुपमा खारेज नगर्नु, विशेष गरी जब राष्ट्रहरुले अधिक शक्ति हडप्नको लागि यसको आडको रुपमा प्रयोग गर्छन्।

कम आय भएका देशहरुमा लकडाउनको प्रभावकारिताका विरुद्ध अझ बलियो तर्क छ, जहाँ नागरिकहरु जीवनयापनको क्षतिपूर्ति दिन कल्याणकारी प्रावधानहरुमा भर पर्न सक्दैनन्। युरोपमा देखिएको अवस्थाजस्तो सबै मुलुहरुमा हुँदैन।

धनी र विकसित मुलुकहरु लामो लकडाउनको भार बोक्न सक्षम हुन सक्छन्। तर, कम आयस्तर भएका दक्षिण एशियाली, अफ्रिकी मुलुकहरु यसको भार उठाउन नसक्ने हुनसक्छन्। मेरोलागानी Photo By reportersnepal



प्रतिक्रिया दिनुहोस्