बिनोद पोख्रेल :
बिहानि सुर्य किरण संगै
खुलेको त्यो आकास
खुसिहरु साटदा साटदै
हिउदे यामको छिट फुट बर्षा
घाम,पानी र सितलको
संसोजन गर्दै त्यो सोतो बादल
आकासमा दौडि रहन्थ्यो
समय र यामले कहाँ पर्खिरहन्छ र
लामो बर्षे झरि सुरु हुदा
खेती किसानीमा रमाउने आशा थियो
मेहनत र परिश्रम गर्ने
स्वाभिमानीको गाथा थियो
तर खहरे खोलाहरु उर्लेर आए
बाडि पैरोले पहाडहरु खसे
गाउ घरमा खोलानाला पसे
समय न हो
बर्षादको अन्त्य हुन नै थियो
फेरि हिउद लाग्यो
भिजेर नित्थ्रुक्क परेको जमिन बाट
माटोको सुगन्ध फैलिएको थियो
सडक आगनका फोहरहरु
केहि पखालिएका थिए
घर आगनमा फुलहरु खेल्दै थिए
चाड पर्बहरु नजिकिदै थिए
दुई चार दिन खुलेको आकाश
राम्रो संग खुल्नै सकेन
टम्म बादलले छोपि रह्यो
आकास छोपे पनि
हिउदे बादल सेतो थियो
क्रमश: आकास खुल्दै जाने
आशा पलाएको थियो
तर त्यो सेतो बादल झन कालो हुदै गयो
आकास भरि मडारिन थाल्यो
गडहडाहटका आबाजहरु
घर भित्रै सुनिन थाले
बिजुलि चम्केको उज्यालो
कोठा भित्र पस्न थाल्यो
यो मन डर र त्रासले काप्न थाल्छ
तर फेरि केहि छिन मै आकास स्तब्द हुन्छ
क्रमश: कालो बादल हटदै जान्छ
कहिले पुर्ब कहिले पश्चिम गर्दै
सदा आकास भरि दौडि रहन्छ
उत्साह र उमंगहरु आउन नपाउदै
त्यो सरद ऋतु भर दौडि रहन्छ
बसन्त ऋतु संगै
फेरी बादल मडारिएर आउछ
कालो बादल मात्र होईन
हुरि बतास पनि आउछ
घर गोठ नै उडाएर लान खोज्छ
घर छेउ चट्यांग परे जस्तो लाग्छ
झ्याल ढोका थुन्दै चियार हेर्छु
सफा आकासको कामना गर्दै
अंधेरि रातका दिन हरुमा पनि
भोलीको उज्यालोको आशा गर्दै
कान छोपेर सुतने गर्छु
तर सदा उज्यालोकै कामना गर्छु
सुनौलो बिहानिको चाहना गर्छु
एक पटक होईन पटक पटक गर्छु !!
हाल न्यूयोर्क
०६/०३/२०२०