अमेरीका र युरोपका मानिसहरु ५ देखि १० प्रतिशतलाई कोरोना सरिसकेको बताइएको छ । कोरोना लागिसकेकालाई कसैलाई सामान्य रुघाखोकी लाग्छ भने कसैलाई लक्षण नै देखिदैन । हामी कोरोना संक्रमितको सामिप्यतामा गयौ भने कोरोना लाग्ने सम्भावना धेरै हुन्छ । कोरोना लागिहालेमा कसैलाई एक दुई दिनमा नै निको हुन्छ भने कसैलाई भेन्टिलेटर राख्दा पनि मृत्यु हुने गर्छ । अमेरीका र युरोपमा प्याकिङ गरिएका खानेकुरा धेरै खाने हुनाले कोरोनाको संक्रमित बढी भएको अनुमान गरिएको छ ।
त्यसकारण हामीले खानेकुराले केही हदसम्म सम्भावना टर्नसक्ने भएकाले खानेकुरामा ध्यान दिन आवश्यक छ । शरीरको प्रतिरक्षा प्रणाली मजबुद बनाई संक्रमण हुनबाट रोक्नुपर्छ ।
प्रतिरक्षा प्रणाली बलियो बनाउन खानुपर्ने चीजहरु
- दिनको एउटा कागती
- चीयाको सट्टा बेसार पानी
- च्याख्ला वा मकैको रोटी वा ढिडो
- खस्रो वा कलका एकसुरो कुटेको चामलको भात
- केमीकल नहालिएको ताजा तरकारी
- हरियो खुर्सानी
- लसुन
- ब्रोकाउली
- अदुवा
- पालुंगो
- दहि
- ग्रीन टि
खान नहुने चीजहरु
- कोक, पेप्सी
- तयारी खाना जस्तो चाउचाउ, बिदेशबाट प्याक गरेर ल्याएका मासु र कुनै पनि प्याकेटका तयारी खानाहरु
- चिनी बढी भएका पेय पद्धार्थ मिठाई वा अन्य खाना
- मैदाको रोटी वा प्रसोधित चामलको भात