Logo

म्यान्मार र यूएईले आफ्नै खर्चमा नेपाली फिर्ता गर्दै



काठमाडौं, जेठ २३ । खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) र बिम्स्टेक सदस्य मुलुक म्यान्मारले आफ्नै खर्चमा १ सय ९४ जना नेपालीलाई स्वदेश फर्काउँदैछ। यूएईले एक सय ६८ र म्यानमारले २६ जना नेपाली पठाउन लागेको हो। उनीहरू आज काठमाडांै आइपुग्दै छन्। फर्किएकाहरूको हवाई खर्च नेपाल सरकारले व्यहोर्नु पर्दैन।

म्यान्मार र यूएईले कोरोना भाइरस संक्रमण फैलिएपछि ती मुलुकमा अलपत्र परेकामध्ये १ सय ९४ नेपालीलाई आफ्नै खर्चमा ल्याइदिने भएका हुन्। यूएईले आफ्नोमा अलपत्र परेकालाई फर्काउन डेढ महिनाअघि नै सरकारलाई पत्राचार गरेको थियो। म्यानमारमा अलपत्र रपरेकालाई भने सेनाको पहलमा फिर्ता हुन लागेको परराष्ट्र अधिकारीले जनाएको आजको अन्नपूर्णपोष्ट दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्