Logo

क्वारेन्टिन बनाइने तारेदेखि पर्यटकीय होटलसम्मको रुमरेट ताेकियाे (मुल्य सुचीसहित)



रबिन पाैडेल, काठमाडौँ, २३ जेठ : सरकारले विदेशिक रोजगारीमा गएकाहरुलाई नेपाल ल्याउने तयारी गरीरहेको छ भने विदेशबाट फर्केकाहरुलाई होटलहरुमा राख्ने तयारी गरिरहेको छ।

विदेशबाट पर्केका युवाहरुले आफैले पैसा तिरेर होटलमा बस्न पाउने छन्। सरकारले मापदण्ड अनुसार विदेशबाट फर्केकाहरु कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ।

सरकारले विदशबाट फर्केका युवाहरुलाई होटलमा राख्न होटल व्यवसायीहरुसँग पनि छलफल गरिरहेको छ।क्वारेन्टाइन बनाउदा होटलको स्तर खस्कने होकी भन्ने चिन्ता पनि व्यवसायीमा रहेको छ। अहिले पाँच तारे होटलहरुलाइ भने क्वारेन्टाइनको रुपमा प्रयोग नगरिने भएको छ। विदेशबाट ल्याइने युवाहरु पाँच तारे होटमा बस्ने पनि नहुने व्यवसायीहरु बताउछन्।

अहिले सरकारले धुलिखेल, नगरकोट, चितवन, पोखरा, भैरहवाका होटलहरुलाई क्वारेन्टाइन बनाउन स्वीकृत गरेको छ। काठमाण्डौ भित्रका होटलहरु भने स्वीकृत भएको छैन्। सरकारले अाजबाट पहिलो चरणमा विेदेशबाट युवाहरुलाई ल्याउदै छ। त्यपछिको परिस्थिति हेरेर थप छलफल गर अघि बढ्ने होटल व्यवसायी विनायक शाहले बताए।

सरकारले पहिलो चरणमा शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) को सारजहाबाट १५० जनाभन्दा बढी नेपाली स्वदेश ल्याउदै छ।

क्वारेन्टिनका लागि होटल व्यसायीहरुले नाफा नखोजेको बताउदै उनले खर्च मात्रै उठे मात्रै पुग्ने बताए। ‘सरकारले जे जे भन्छ त्यही गर्ने हो।’ उनले भने ‘आइपरेको समस्यालाई जसरी हुन्छ मिलाउदै जाने हो। समस्या सामाधान हुन्छ भनेरनै हामीले सरकारसँग हातेमालो गरेका हौं।’

विदेशबाट आउने युवाहरुले लामै समयदेखि रोजगारी गुमाएर बसिरहेका छन्। उनीहरूलाइ सरकारी क्वारेन्टाइनमा भने निशुल्क बस्न पाइने छ। तर उनीहरु होटलमा बस्न चाहे आफैले शुल्क तिरेर बस्नुपर्ने छ।

कति लाग्छ होटलमा बस्न?

चार तारे होटल

सरकार र होटल व्यवसायीहरु विचको छलफलबाट तय भएको मूल्य अनुसार चार तारे होटलको प्रति कोठा एक जनाको लागि ८ हजार रुपैयाँ मूल्य तय गरिएको छ यसअनुसार १४ दिन क्वारेन्टाइन बस्दा १ लाख १२ हजार रुपैयाँ खर्च लाग्ने छ।

त्यसैगरी दुई जनाको लागि प्रतिव्यक्ति ५ हजार ५०० रुपैयाँ तय भएको छ । दुइ जना बस्दा १४ दिनको ७७ हजार रुपैयाँ शुल्क लाग्छ। यसरी दुई जना बस्दा संयुक्त रुपमा १ लाख ५४ हजार रुपैयाँ शुल्क तिर्नु पर्ने छ।

तीन तारे होटल

तीन तारे होटलमा एक्लै बस्न चाहनेका लागि ६ हजार रुपैयाँ कायम गरिएको छ। यसअनुसार एक जनालाई १४ दिन तीन तारे होटलमा क्वारेन्टाइन बस्न ८४ हजार रुपैयाँ खर्च लाग्ने छ।

दुई जना बस्दा भने प्रति व्यक्ति ३ हजार ५०० रुपैयाँ कायम गरिएको छ। यसअनुसार १४ दिन २ जना क्वारेन्टाइनमा बस्दा ४९ हजार रुपैयाँ शुल्क लाग्ने छ।

दुई तारे होटल

दुई तारे होटलमा एक जना बस्दा ५ हजार रुपैयाँ शुल्क लाग्ने छ। यसअनुसार दुई तारे होटलमा १४ दिन क्वारेन्टाइन बस्दा कुल ७० हजार रुपैयाँ शुल्क लाग्नेछ।

त्यस्तै होटलमा दुई जना संयुक्त रुपमा बस्दा भने प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ शुल्क लाग्नेछ। यसअनुसार १४ दिन क्वारेन्टाइन बस्दा प्रति व्यक्ति ३५ हजार रुपैयाँ खर्च लाग्छ।

यसअघिको तीन र दुई तारे होटलमा बस्नेहरुलाई एउटै मुल्य निर्धारण गरिएको थियो।

एक तारे होटल

एक तारे होटलमा एक जना मात्र बस्दा प्रतिदिन ४ हजार रुपैयाँ शुल्क लाग्नेछ।यसअनुसार १४ दिन क्वारेन्टाइन बस्दा ५६ हजार रुपैयाँ तिर्नुपर्ने छ। त्यसैगरी दुई जना बस्दा भने प्रति व्यक्ति २ हजार ५०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ। यसअनुसार दुइ जना संयुक्त रुपमा १४ दिन क्वारेन्टाइनमा बस्दा ३५ हजार रुपैयाँ शुल्क लाग्नेछ।

पर्यटकीय स्तरका होटल

यस्तै पर्यटकीय स्तरका होटलहरुमा एक जना बस्दा ३ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ। पर्याटकीय होटलमा एक जना १४ दिनका लागि क्वारेन्टाइन बस्दा ४२ हजार रुपैयाँ तिर्नुपर्छ। त्यस्तै दुई जनाबस्दा प्रति व्यक्ति २ हजार रुपैयाँ शुल्क लाग्ने छ। यसअनुसार २ जना १४ दिनका लागि क्वारेन्टाइन बस्दा प्रति व्यक्ति २८ हजार रुपैयाँ शुल्क लाग्नेछ।

यसरी होटलमा १४ दिन क्वारेनइन बस्नेले दैनिक ४ पटक पौष्टिक खाना र खाजा दिइने शाहले बताए।-मेरो लगानीबाटFile photo



प्रतिक्रिया दिनुहोस्