एजेन्सी, २३ जेठ । भोलि विहान भारत र पाकिस्तानबीच लदाखको सिमा क्षेत्रमा महत्वपूर्ण वार्ता हुनेछ । दुवै देशको सैनिकको दोस्रो वरियताका अधिकारीहरु वार्ताको नेतृत्व गर्दै लदाख पुग्नेछन् ।
भारत र चीनका लेफ्टिनेन्ट जनरल विहान ९ बजे वार्ताका लागि लदाखमा पुगिसक्नेछन् । भारतीय जनरल हेलिकोप्टरमा र चीनका जनरल गाडीमा पुग्नेछन् ।
लाइन अफ एक्चुअल कन्ट्रोल भनिने भारत र चीनबीचको सिमामा पछिल्लो समय तनाव बढ्दै जाँदा सैन्य तहमा वार्ता हुन लागेको हो । लदाखमा चीनले सैन्य बल बढाएको छ । भारतले पनि सैनिक उपस्थिति बढाएको छ ।
भारतले लदाखमा पूर्वाधार विकास तिव्र पारेपछि चीनले सैन्य उपस्थिति बढाएको हो । सिक्किम, उत्तराखण्ड र लदाखमा भारत र चीनबीच विवाद छ । विवाद चर्कंदै जाँदा युद्धको खतरा समेत भएको थियो । समस्या समाधान गर्न दुवै देशबीच सैन्य तहमा वार्ता हुनलागेको हो ।
यसअघि भारत र चीनबीच सिमा विवाद समाधानका लागि दश पटक वार्ता भइसकेको छ । तर, समस्याको समाधान निस्किएको छैन ।