Logo

आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन



काठमाडौँ, २५ जेठ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ ।

बन्दाबन्दीका समयमा आफूखुशी चार्टर उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन दिइएको हो । शनिबार सूचना जारी गर्दै क्यानले राजदूतावास (कूटनीतिक) आग्रहबाहेकका सबै चार्टर उडानमा रोक लगाएको हो । क्यानका एयर ट्रान्सपोट्रेशन डिभिजन प्रमुख सचितभक्त पोखरेलको हस्ताक्षर रहेको उक्त सूचनानुसार शनिबारकै मितिदेखि ट्राभल्स एजेन्सी र एयरलाइन्स कम्पनीलाई चार्टर उडानमा रोक लगाइएको हो ।

बन्दाबन्दीका समयमा नेपालमा रोकिएका विभिन्न देशले आफ्ना नागरिक स्वदेश फर्काउन चार्टर उडान गर्दै आएका छन् । गत चैत ९ गतेयता हालसम्म ११० अन्तरराष्ट्रिय चार्टर उडान भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो समय एयरलाइन्स कम्पनी तथा ट्राभल्स एजेन्सीले नेपालबाट यात्रु चार्टर उडान गर्न धमाधम बुकिङ गरी बढी भाडा लिने गरेपछि क्यानले उक्त निर्दशन दिएको हो । (रासस)



प्रतिक्रिया दिनुहोस्