Logo

कृषिका अलवा राजनीतिमा लाग्दै युवा



प्रकाश डोटेल : स्याङ्जा, २५ जेठ : स्याङ्जाको वालिङ नगरपालिका ९ का स्थानीयबासी हुन् दिपक श्रेष्ठ । पेशाले कृषक भएपनि उनी जनताको प्रत्यक्ष सेवा गर्न जनप्रतिनिधिका रुपमा वडा सदस्य । बिहान झिसमिसेमै शुरु हुन्छ कृषि कर्म, बिहानैबाट शुरु भएको उनको कृषि कर्म साँझ अबेरसम्म पनि जारी रहन्छ ।

श्रेष्ठले आफ्ना स्थानीय मित्र केशव श्रेष्ठसँग मिलेर करिब २ वर्षअघि संचालनमा ल्याएको फार्ममा हाँस, कुखुरा, टर्की, खरायो र बटही लगायतका पशुपंक्षीका साथमा माछा पालन समेत गरेका छन् । श्रेष्ठद्धयले झण्डै ३८ रोपनी जग्गा १० बर्षका लागि भाडामा लिएर फार्म शुरु गरेको उनले बताए । उनले भने, “जग्गा भाडा र फार्म संचालनमा करिब ७५ लाख रुपैयाँ लगानी भएको छ ।”

“फार्ममा उत्पादीत कृषिजन्य वस्तु पोखरा, बुटवल, चितवन लगायतका शहरबाट माग आएको थियो ।” लकडाउनले समस्या सृजना गरेको बताउँदै श्रेष्ठले भने, “लकडाउनको शरुवाती समयमा त स्थानीय प्रशासनको प्रमाणित कागजात लिएर हाँसका ६ सय चल्ला पोखरा पठाएका थियौं ।” उत्पादीत वस्तुको माग त छ तर यातायातका कारण अबरुद्ध बन्नु परेको उनीहरुले सुनाए ।

मासिक २ लाख नाफा कमाई गर्ने लक्ष्य राखेर लगानी गरेको बताउदै सञ्चालनक श्रेष्ठद्धयको भने, “आर्थिक उपार्जन र बचतका लागि दिनरात नभिनी आफै काममा खटिईरहेका छौं ।” श्रेष्ठद्धयले कृषिमा गफ मात्रै गरेर नहुने स्पष्ट पार्दै भने, “राम्रो आम्दानीका लागि आफै काममा खट्नु पर्ने बाध्यता रहेको छ ।”

फार्ममा ४ जना स्थानीयलाई रोजगारी दिएको केशवले बताए । उनका अनुसार कर्मचारीको मात्र जिम्मा लगाउँदा परिणाम के हुने हो ? भनेर हामी पनि उनीसँगै काममा खटिएका छौं । उनले बताए अनुसार शुरुवातीको सयमा कहि कतैबाट प्राबिधिक समेत सहयोग नपाए पनि पछिल्लो सयम स्थानीय सरकार सक्दो सहयोग गरेको छ ।

नेपालमै मेहनत गरेर राम्रो आम्दानी गर्न सकिने भन्दै दिपकले भने, कोरोना भाइरस (कोभिड–१९) का कारण स्वदेशमै रोजगारी गुमाएका र बिदेशबाट रोजगारी गुमाएर स्वदेश फिर्ता भएकालाई नआत्तिन आग्रह गर्दछु । उनले भने, “नेपालमा धेरै सम्भावना छ, धेरै ठाउँमा उर्वर जग्गा बाँझो पनि छ, त्यो जग्गामा कृषि फार्म खोलेर कर्म गर्न सकिन्छ ।”

आफ्नै जग्गा नभए पनि गाँउगाँउमा उर्वर बाँझो रहेका जमिनहरु लिजमा लिएर काम गर्न सकिने उनले युवाहरुलाई सुझाए । माटो पहिचान, जग्गा व्यवस्थापन र उपलव्धताका लागि राज्यले अनिवार्य सहयोग भने गर्नुपर्नेमा उनले जोड दिए ।

फार्ममा हाल १ हजार ५ सय हाँस, बिभिन्न प्रजातीको १ हजार बढि कुखुरा, २ हजार बटही, १ लाख ४० हजार माछा, दर्जनौ टर्की, खरायो लगायतका पशुपञ्छी पालन गरिएको छ । लकडाउनकै समयमा भएपनि माछा, हाँस तथा कुखुराको मासु, हाँस तथा बटहीको अण्डा लिन जिल्लाका प्रमुख शहरदेखि छिमेकी जिल्लाबाट ग्राहक फार्ममै आएर खरिद गर्ने भएको उनीहरुले बताए ।

माछा पालन र हाँसलाई पौडि खेल्न तयार पारिएको पोखरीको आलिमा उनले अर्गानीक तरकारी खेति लगाएका छन् । भाडामा लिएको जग्गालाई सहि रुपमा सदुपयोगमा ल्याएपछि आसपासका जग्गा थप गरेर फार्मलाई विस्तार गर्ने सोचमा रहेको श्रेष्ठले बताए । उनले जग्गाको सहि सदुपयोग कृषिका लागि अनिवार्य भयो ।

वालिङ बजार क्षेत्रमा रहेको केबल व्यवसाय छोडेर कृषिमा हाम फालेका श्रेष्ठले वडाका विकास गतिविधिमा समेत समय मिलाएका छन् । आवश्यक परेका बेला खबर गर्नुहुन्छ म आवश्यकता अनुसार राजनीति वा वडावासीको सेवा खटिएको छु । उनको अनुभवले राजनीति गर्नेले बैकल्पिक पेशा अनिवार्य गर्नुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस्