Logo

यो कस्तो लकडाउन ? (तस्विरसहित)



जेठ २५, काठमाण्डौ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनको आज ७६ औं दिन हो । अहिले आठौ चरणको लकडाउन चलिरहेको छ । यतिका दिनसम्म लकडाउनलाई निरन्तरता दिइदा पछिलो समय लकडाउन कार्यान्वयन भएको पाईदैन ।

सरकारले कोरोना भाईरस नियन्त्रण गर्ने उद्धेश्यले पहिलो पटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । तर संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि भएसंगै लकडाउनको अवधी क्रमशः चरणवद्धरुपमा बढाउदै लगेको छ । दोस्रो, तेस्रो, चौथो, पाँचौं छैटौं, सातौ गर्दैै अहिले आठौं चरणमा जेठ ३२ सम्म लकडाउन गर्ने घोषणा भएको हो । तर, पछिलो समय लकडाउनको उलंघन हुदै गएको छ ।

सडकमा सवारि साधनको संख्यामा पनि वृद्धि भएको छ । यद्यपी सडकमा सुरक्षाकर्मीले सवारी साधनमाथि निगरानी भने गरिरहेका छन् । तर दिनप्रतिदिन सवारी साधानको संख्या सडकमा बढ्न थालेपछि ट्राफिक प्रहरीले गर्ने चेकिङको प्रभावकारिता कम हुँदै गएको छ । सर्यौ सवारी साधान गुढिरहँदा सिमित संख्यामा खटिएका प्रहरीले गरेको चेकिङ फितलो देखिएको छ ।

पछिल्लो दिनमा पसलहरु पनि मनपरी तरिकाले खुल्न थालेका छन् । केही दिनअघिसम्म विहान मात्रै खुल्ने पसलहरु अहिले दिनभरी खुलेको देख्न सकिन्छ । लामो समयसम्मको लकडाउनले दैनिक गुजारा चलाउनै समस्या परेपछि बाध्य भएर पसल खोलिएको व्यापारी बताउँछन् ।

एकातिर लडडाउनको पालना हुन सकेको छैन भने अर्कोतिर दिनप्रतिदिन कोरोना संक्रमणल फैलिइरहेको छ । जसले गर्दा सर्वसाधारणमा त्रास पनि बढेको छ । सरकारले कोरोना नियन्त्रणका लागि लकडाउनको विकल्प खोज्नुपर्नेमा नागरिकको जोड छ ।

कोरोना भाइरसको महामारी फैलिदै जाने क्रममा १३ जनाको मृत्युसमेत भईसकेको छ भने संक्रमितको संख्या ३ हजार ५ सय पुग्न लागिसकेको छ । त्यसैले अझै पनि कोरोनाविरुद्धको लडाईमा सबै एकजुट हुनुपर्ने देखिन्छ । तर सरकारले पनि लकडाउनलाई मात्रै विकल्पको रुपमा लिनु हुँदैन ।



प्रतिक्रिया दिनुहोस्