काठमाडौं, २६ जेठ । पूर्वमन्त्री विश्वेन्द्र पासवानले रुकुमपश्चिम घट्नाको दोषीहरुलाई तत्काल कडा कारबाही नगरिए देशव्यापी रुपमा सशक्त विद्रोह गर्ने चेतावनी दिएका छन् । उक्त घट्नाको बारेमा सरकार मौन रहनु र खासमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म नबोल्नु निन्दनीय भएको उनको टिप्पणी छ । पासवानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा सामाजिक सञ्जालमार्फत शुभकामना दिन भ्याउने प्रधानमन्त्री ओलीले रुकुमपश्चिममा अन्तरजातीय प्रेम सम्बन्धका कारण ६ जना युवाहरुको सामूहिक हत्या हुँदासमेत नबोल्नु दुःखदायी भएको टिप्पणी गरे । File Photo
हेरौं भिडिओमा :