एजेन्सी, २६ जेठ । भारत र चीनबीच सिमा विवाद समाधानका लागि एकातर्फ वार्ता चलिरहेको छ, अर्कोतर्फ सिमामा सैन्य गतिविधि बढिरहेको छ । दुवै देश टकरावको अवस्थामा पुगिनसकेपनि समस्या समाधान चुनौतीपूर्ण छ ।
दुवै देशको सीमा विवाद समाधानमा सकारात्मक वातावरण देखिन थालेको छ । तातीरहेको भारत र चीनबीचको सीमा विवादलाई जनरल स्तरको वार्ताबाट साकारात्मक बाटोतर्फ उन्मुख गरिएको हो । दूवै पक्षले परिस्थिती सुल्झाउन, सीमा क्षेत्रमा शान्ति र शान्ति सुनिश्चित गर्न सैन्य र कुटनीतिक सम्बन्ध कायम राख्ने गरी सैन्य स्तरमा सम्झौता भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
शनिबार भएको सैन्य स्तरको बार्ताले उक्त निश्कर्ष निकालेको दिल्लीले पुष्टि गरेको हो । विगतमा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपतिको बीच भएको वार्ताहरुको विषयलाई निरन्तरता दिने जनाइएको छ । दूई पक्षिय सम्बन्ध बलियो बनाउने, आर्थिक विकास सहयोग पुर्याउने र विवादास्पद क्षेत्रहरुमा शान्ति कायम गर्नेगरी सम्झौता कायम गरिएको छ । अहिले ताँती रहेको सीमा विवाद भने ठूलो विषय नरहेको स्पष्ट पारिएको छ। प्यांगयोंग त्सो क्षेत्रको लाइन अफ कन्ट्रोलमा चीनको तर्फबाट सैन्य गतिविधि तीब्र पारेको र आक्रामक भएको विषयमा केन्द्रित रहेर वार्ता भएको थियो । उक्त क्षेत्रमा आफ्ना उपस्थितीलाई दुवैले अस्वीकार गरेका छन् । त्यसकारण दूवै पक्षले प्रबल रुपमा आफ्ना गतिविधि यथावत राख्ने जनाइएको छ ।
दुवै देशको जनलर बीच भएका वार्ता करिब छ घण्टा भएको हो ।एक अर्काले निरन्तर विवादीत विषमा केन्द्रित रही चासो प्रकट गर्न जरुरी रहेका ठहर गरिएको छ । दूवै देशले आ आफ्नो अडान कायम गरिरहँदा गर्माहट यथावत रहेको बुझिएको छ । चीनको सैन्य उपस्थितीलाई नजर राख्न भारतले आफ्नो सैन्य गतिविधि तीब्र पारेको छ ।