Logo

नेपालमा कोरोना संक्रमण किन बढ्यो ? डा. बाबुराम भट्टराईले औंल्याए चार कारण



काठमाडौं, २६ जेठ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा कोरोना बढ्नुको कारण कोरोना नहुँदा सिमा बन्द र कोरोना फैलदा खुल्ला गर्ने सरकारको उल्टो बुद्धि भएको टिप्पणी गरेका छन् । त्यस्तै, अन्य कारणमा राजनीतकि नेतृत्वमा डनिंग क्रुगर ईफेक्ट अरुभन्दा बढि क्षमतावान ठान्ने, स्वास्थ्यसामग्रीभन्दा कार्पेट मोह हुनु, कोरोना नियन्त्रणभन्दा पार्टी फुटाउने अध्यादेश र सांसद अपहरणमा जाड दिनु रहेको भट्टराईले औंल्याएका छन् ।

बिबिसी नेपालीको कोरोना भाइरस नेपालस् वुहानभन्दा धेरै दिन लकडाउन तर नेपालमा किन हुन सकेन सङ्क्रमण नियन्त्रण नामक शीर्षकको समाचार सेयर गर्दै भट्टराईले यस्तो लेखेका हुन् । उनले ट्विटरमा लेखेका छन्,’कोरोना संक्रमण बढ्नुका थप कारण यी हुन् कि:१.राजनीतिक नेतृत्वमा डनिंग-क्रुगर इफेक्ट(अरूभन्दा बढी क्षमतावान ठान्ने)२.स्वास्थ्यसामाग्री भन्दा कार्पेट मोह३.कोरोना नियन्त्रणभन्दा पार्टी फुटाउने अध्यादेश र सांसद अपहरणमा जोड४.कोरोना नहुँदा सीमा बन्द कोरोना फैलदा खुला गर्ने उल्टो बुद्धि!’



प्रतिक्रिया दिनुहोस्