Logo

रुसमा कोरोना भाइरसको प्रजनन दर बढ्यो



एजेन्सी, २६ जेठ । रुसमा कोरोना भाइरसको प्रजनन दरमा वृद्धि भएको छ । ०.०२ प्रतिशत रहेको प्रजनन दर विगत २४ घण्टामा बढेर १.०१ प्रतिशत भएको हो । रुसको सम्पूर्ण क्षेत्रलाई समेटेर उक्त दरलाई निर्धारण गरिएको हो ।

दर ०.८ वा सो भन्दा तल भए कोरोना भाइरस नियन्तरण भइरहेको बझ्नु आवश्यक रहेको जनाइएको छ । क्षेत्रहरुले आ आफ्नो लकडाउनलाई खुकुलो समेत पार्न सक्ने जनाइएको छ । दर ०.८ प्रतिशत रहेमा अधिकांश अस्पतालका बेड खाली रहने अनुमान विज्ञहरुले लगाएका छन् । उक्त दरले देशलाई क्रमशः सञ्चालनमा ल्याउन सकिने विज्ञहरु बताउँछन् ।

रुसमा कोरोना भाइरस संक्रमितको संख्या चार लाख ७६ शजार पुगेको छ सय ५८ रहेको छ भने उक्त भाइरसको संक्रमणबाट पाँच हजार भन्दा बढीको मृत्यु भइसकेको छ । Photo Source : TASS



प्रतिक्रिया दिनुहोस्