Logo

भारतमा आजदेखि लकडाउन खुकुलो, नेपालमा कहिले ?



काठमाडौं, २६ जेठ ।कोरोना संक्रमणको गति तिव्र गतिमा बढीरहेको बेला भारतमा सोमबारदेखि लकडाउन खुकुलो बनाइएको छ । संक्रमण कम देखिएका क्षेत्रमा खुकुलो बनाइएको हो ।

होटल, रेस्टुरेन्ट, मल, धार्मिक स्थल तथा थोरै कर्मचारी राखेर कार्यालय खोल्न दिइएको छ । कतिपय क्षेत्रमा सार्वजनिक यातायात समेत सुचारु गरिएको छ ।भारतमा दैनि करिब डेढ लाखको कोरोना परक्षण भइरहेको छ । जसमा दैनिक १० हजारको संख्यामा संक्रमित बढीरहेका छन् । एउटा प्रदेशबाट अर्काे प्रदेशमा जाने क्रम बढेकाले संक्रमण बढेको हो । लामो समय संक्रमण हुने देखेपछि भारतले आर्थिक क्षेत्रलाई खुुकुलो बनाएको हो ।

नेपालमा पनि लकडाउन खुकुलो बनाउन दबाब बढ्दै गएको छ । तर, सरकारले निर्णय गर्न सकेको छैन । नेपालमा पनि संक्रमण बढीरहेको छ । संक्रमितहरुमध्ये ९० प्रतिशत भारतबाट आएकाहरु छन् । असार १ गतेदेखि भने नेपालमा पनि लकडाउन खुकुलो हुने सम्भावना छ ।
आइतबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा यससम्बन्धमा छलफल भएको थियो । छलफलमा केही दिन अझै पर्ख र हेरको रणनीति अपनाउने पक्षमा ओली रहेका बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।दृष्टिबाट Photo Source : ANI



प्रतिक्रिया दिनुहोस्